हाइलाइट

नेचुरल साकोसको साधारण सभाको एकाइ सभा सम्पन्न, निर्णय प्रमाणिकरण पुष ४ गते

नेचुरल साकोसको साधारण सभाको एकाइ सभा सम्पन्न, निर्णय प्रमाणिकरण पुष ४ गते :: Sahakari Akhabar

काठमाडौं । बौद्ध टुसालमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाको १७ औ वार्षिक साधारण सभाको एकाइ सभा सम्पन्न गरेको छ । संस्थाको तेश्रो तथा अन्तिम एकाइसभा २७ गते शनिबार बत्तिसपुतली काठमाडौमा सम्पन्न गरेको थियो भने २६ गते दोश्रो र २५ गते पहिलो एकाइ सभा सम्पन्न गरेको हो ।

सवै एकाइमा सेवाकेन्द्रका जेष्ठ सदस्य तथा बालसदस्यबाट सभाको उद्धघाटन गरिएको थियो । संस्थाले २७ गते संस्थाकी अध्यक्ष शर्मिला शिल्पकारको सभापतित्वमा मुख्य कार्यालय र काँडाघारी सम्पर्क कार्यालयमा आवद्ध सदस्यहरुको सहभागितामा सभा सम्पन्न गरेको ।

सभामा सचिव बिकल्प पाठकले आव २०८१ / ८२ को वार्षिक प्रगति प्रतिवेदन, ४ वर्षे रणनीतिक ब्यवसायिक योजना र आगामी वर्षको वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए । सस्थाले आव २०८१ / ०८२ मा मुख्य कार्यालय तथा सेवाकेन्द्रबाट उत्कृष्ट कारोबार गर्ने सदस्यहरूलाई विभिन्न विधामा सम्मान गरेको थियो ।

त्यसैगरी सस्थामा लामो समयदेखि कर्यरत कर्मचारिलाई दीर्घसेवा सम्मानबाट सम्मान गरेको थियो । सभामा पिपुल्स लाईफ केयर हस्पिटल शंखरापुर तथा स्तुपा सामुदायिक अस्पतालबाट निशुल्क स्वास्थ परिक्षण सेवा समेत उपलब्ध गराईएको थियो । त्यसैगरी संस्थामा आवद्ध सदस्यहरुले उत्पादन गरेका घरेलु बस्तु तथा सामग्रीहरूको प्रदर्शनी गर्नुका साथै सदस्यले बिक्री समेत गरेका थिए ।

साधारण सभाको दोश्रो एकाई सभा २६ गते काठमाडौंमा सम्पन्न गरेको थियो । सभामा सेवाकेन्द्र नयाँबजार र कालिमाटीमा आवद्ध सदस्यहरूको सहभागीता रहेको थियो । सभाको निर्णय प्रमाणित गर्नको लागि र निर्णय प्रमाणित गर्ने सभामा सहभागी हुन उक्त सेवाकेन्द्रबाट ११ जना प्रतिनिधिहरु समेत सभाले चयन गरेको छ ।

संस्थाले पहिलो एकाई सभा सेवाकेन्द्र साँखुमा आवद्ध सदस्यहरूको सहभागीतामा मंसिर २५ गते सम्पन्न गरेको थियो । सभामा जेन्जी आन्दोलनमा क्षती भएको प्रहरी प्रभाग शंखरापुर साँखुलाई पुनःनिर्माणको लागि नगद ७५ हजार आर्थिक सहयोग प्रदान गरेको थियो ।

सभाले निर्णय प्रमाणित गर्नको लागि ८ जना प्रतिनिधिहरु समेत चयन गरेको थियो । संस्थाको निर्णय प्रमाणिकरण सभा पुष ४ गते मुख्य कार्यालयमा हुने जनाइएको छ । संस्था आव २०८१ / ०८२ मा उत्कृष्ट सेवा उपयोगकर्ताको रुपमा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) द्वारा सम्मानित भएको छ ।

संस्थाले आर्थिक वर्ष ०८२ / ०८३ को कार्तिक मसान्तसम्म १६ करोड ४६ लाख १९ हजार ५ सय रुपैंयाँ सेयर पूँजी, १२ करोड ६५ लाख ३२ हजार २५७ रुपैंयाँ जगेडा कोष तथा १३ करोड २२ लाख २८ हजार ८२४ रुपैंयाँ अन्य कोषमा रहेको जनाएको छ ।

संस्थाको २ अर्ब १७ करोड २४ लाख ६४ हजार १२८ रुपैंयाँ बचत संकलन तथा २ अर्ब १ करोड ५७ लाख ५४ हजार ३१३ रुपैंयाँ ऋण लगानीमा रहेको जनाइएको छ । १२ करोड ७४ लाख ७ हजार ७४७ रुपैंयाँ संस्थागत पूँजी रहेको संस्थाको ३ अर्ब १० करोड ९० लाख ३६ हजार ७१७ रपैंयाँको कूल सम्पत्ति रहेको जनाइएको छ । संस्थामा १४ हजार ६८७ जना सदस्य रहेका छन् भने १ हजार २६९ जना ऋणी सदस्य रहेका छन् ।

६२९ जना सदस्यलाई राहत

संस्थाले वित्तिय कारोबार संगै प्रविधि मैत्रि सेवा संचालन गरेको संस्थाका सचिव विकल्प पाठकले जानकारी दिए । उनले संस्थाले २०८२ सालको कात्तिक महिनासम्म ६२९ जना सदस्यले विभिन्न शिर्षकमा संस्थाबाट राहत सेवा पाएको जनाए । संस्थाबाट यस अवधिमा १७ लाख २९ हजार ३२७ रुपैंयाँ सदस्यहरुले राहत पाएको जानकारी दिए ।

उनले स्वास्थ्य उपचार सुविधामा २९५ जना सदस्यले १२ लाख ५६ हजार २७ रुपैंयाँ, सुरक्षित मातृत्व सेवाबाट ४७ जनाले २ लाख ५३ हजार, मृत्यु संस्कार सेवाबाट १० जानका लागि ८० हजार र जन्म संस्कार राहत अन्तर्गत २७७ जनाले १ लाख ४५ हजार ३ सय रुपैंयाँ राहत प्राप्त गरेको जानकारी दिए ।



Leave a comment