हाइलाइट

शिक्षक कल्याण साकोसले ५.५ प्रतिशतमा ऋण लगानी गर्ने

शिक्षक कल्याण साकोसले ५.५ प्रतिशतमा ऋण लगानी गर्ने :: Sahakari Akhabar

काठमाडौं । चरिकोट दोलखामा रहेको शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाले ऋण लगानीको ब्याजदर घटाएको छ। संस्थाले ५ दशमलव ५ प्रतिशतमा नै ऋण लगानी गर्ने भएको हो ।

संस्थाले सूचना प्रकाशित गरी विषेश सापटी (ऋण) लगानीमा ५.५ प्रतिशत ब्याजदर रहेको जनाएको छ । त्यसैगरी संस्थाले ५.५ प्रतिशतदेखि ९.७५ सम्म ब्याजदर कायम गरेको छ ।

संस्थाले प्रकाशन गरेको सूचना अनुसार शिक्षक आवास ऋण ६.७५ प्रतिशत, शिक्षक सहुलियत ऋण ७.७५, सरल कर्जा ८.२५, मासिक किस्तामा ८.७५ र त्रैमासिक किस्तामा ९.७५ प्रतिशत ब्याजदर कायम गरेको छ । संस्थाले १५ वर्षसम्मका लागि ९५ लाखसम्म लगानी गर्ने जनाएको छ ।

संस्थाले प्रकाशन गरेको कार्तिक मसान्तको विवरण अनुसार १ हजार ८९७ कूल सदस्य र ४५० जना ऋणी सदस्य रहेका छन् । संस्थाको शेयर पूँजी २ करोड ८४ लाख ९३ हजार ९ सय रहेको छ ।

३ करोड ३२ लाख ४९ हजार ७०५ रुपैंयाँ जगेडा कोषमा रहेको संस्थामा १ करोड ९६ लाख ३८ हजार १०१ रुपैंयाँ अन्य कोषमा रहेको जनाइएको छ ।

संस्थामा २६ करोड ५७ लाख ७० हजार ८२९ रुपैंयाँ बचत र १९ करोड ९९ लाख ६४ हजार ५५४ रुपैयाँ ऋण लगानीमा रहेको जनाएको छ ।

त्यसैगरी ३ करोड ५४ लाख ५९ हजार ६०८ रुपैंयाँ संस्थागत पूँजी रहेको संस्थाको ३५ करोड २५ लाख ९ हजार ४९ रुपैंयाँ कूल सम्पति रहेको छ । संस्थाले २८ औं बार्षिक साधारण सभा सम्पन्न गरिसकेको छ ।



Leave a comment