काठमाडौं । सर्लाहीमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्था ‘उत्कृष्ट करदाता’का रूपमा सम्मानित भएको छ । आर्थिक वर्ष २०८० / ८१ मा सबैभन्दा बढी आयकर दाखिला गरेको योगदानका आधारमा ‘राष्ट्रिय कर दिवस २०८२’ को अवसरमा करदाता सेवा कार्यालय लालबन्दीले सगुन साकोसलाई सम्मान गरेको हो ।
करदाता सेवा कार्यालय लालबन्दीका प्रमुख एवं कर अधिकृत विकास कुमारले सञ्चालक समिति सदस्य सुशीलाकुमारी कटुवाल र सूचना अधिकारी निरोजकुमार दाहाललाई सम्मानपत्र प्रदान गर्दै करदाताको दायित्व निर्वाह गर्दै उदाहरण प्रस्तुत गरेको भन्दै प्रशंसा गरेका थिए ।
सगुन सहकारी मधेश प्रदशमै उत्कृष्ट कारोवार गर्ने सहकारीको रुपमा चिनिएको छ । संस्थाले बचत ऋण सहकारी अभियान मार्फत सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणको लागि काम गर्दै आएको छ । समुदायका मानिसहरुलाई एकीकृत गरी संस्थाले उनीहरुलाई वत्तीय पहुँचका माध्यमबाट आर्थिक रुपमा सवल काम गर्दै आएको जनाएको छ ।
संस्थामा १३ हजार ८७२ सदस्य तथा १ हजार ६८२ जना ऋणी सदस्य रहेका छन् । संस्थामा १५ करोड २० लाख ७६ हजार सेयर पूँजी, १३ करोड ५३ लाख ८३ हजार जगेडा कोष तथा २७ लाख ३७ हजार अन्य कोषमा रहेको छ । संस्थाले १ अर्ब ३३ करोड ४२ लाख ३१ हजार बचत संकलन गरी १ अर्ब १८ करोड ९९ लाख ५४ हजार ऋण लगानी गरेको जनाएको छ ।
Leave a comment