काठमाडौं । जिल्ला बचत तथा ऋण सहकारी संघ सिरहाको अध्यक्षमा पुनः सञ्जयकुमार महतो चयन भएका छन् । संघको शनिबार भएको २८ औं बार्षिक साधारण सभाले महतोको अध्यक्षतामा नयाँ संचालक समिति सर्वसम्मत् चयन गरेको हो ।
समितिको उपाध्यक्षमा अनिला सिन्ह, महासचिवमा रामदयाल महतो तथा कोषाध्यक्षमा देवकुमारी लामालाई चयन गरेको छ । त्यसैगरी सभाले संचालक समितिको सदस्यहरुमा उर्मिला देवी चौधरी, लोकनाथ यादव र हरिदेव साह चयन भएका छन् ।
त्यसैगरी लेखासमिति संयोजकमा फुलेश्वर महतो, र सदस्यमा शिव नारायण यादवलाई चयन गरेको छ । सहकारी अभियन्ता ध्रुवनारायण यादवको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा जिल्ला बचत संघ सप्तरीकी अध्यक्ष भवानी चौधरी, राष्ट्रिय सहकारी बैकका उपसमिति सदस्य पञ्चलाल महतो, जिल्ला बचत संघ सिरहा पुर्व संचालक उपेन्द्र साहलगायतको उपस्थिति रहेको थियो।
Leave a comment