हाइलाइट

सबैको साकोसको निर्वाचन सहितको साधारण सभा सम्पन्न

सबैको साकोसको निर्वाचन सहितको साधारण सभा सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । रुपन्देहीको तिलोत्तमामा रहेको सबैको बचत तथा ऋण सहकारी संस्थाको निर्वाचन सहितको चौथो बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको कार्तिक २२ गते ११ वटा संस्था एकिकरण पछि दोश्रो निर्वाचन समेत सम्पन्न गरेको हो ।

साधारण सभाले पूनः भरतराज भूसालको अध्यक्षतामा  उपाध्यक्ष सुकबहादुर नेपाली, सचिव हिमकला ओस्ती, कोषाध्यक्ष टिकाराम न्यौपानेलाई सर्वसम्मत चयन गरेको छ ।

त्यसैगरी सञ्चालक सदस्यहरुमा बिष्णुप्रसाद पाण्डेय, चन्द्रकुमारी थापा, इश्वरीप्रसाद पाण्डेय, शारदा खत्री र भगवती भट्टराईलाई चयन गरेको छ ।

त्यसैगरी लेखा सुपरिवेक्षण समिति संयोजकमा हरिप्रसाद न्यौपाने तथा सदस्यमा मिरा बस्याल पाण्डेय र रामप्रसाद खरेललाई सर्वसम्मत चयन गरेको छ ।

सभा संस्थाका अध्यक्ष भरतराज भूसालको अध्यक्षता र संस्थाका सल्लाहकार रामचन्द्र ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सभामा संस्थाका सचिव देवानन्द पाण्डेयले संस्थाको १ अर्व ३० करोडकोे वासलात सहितको लेखापरिक्षण प्रतिवेदन त्यसैगरी संस्थाका कोषाध्यक्ष मीरा बस्याल पाण्डेयले पेश गरेको आर्थिक बर्ष २०८२÷०८३का लािग १ अर्व ४१ करोडको अनुमानित आय ब्यय स्विकृत गरेको थियो ।

सभामा उपयुक्त संस्थाहरुसंग एकीकरण गर्न तथा संस्थाको नाउमा रहेको जग्गा ब्यवस्थापन गर्न समेत साधारण सभाले सञ्चालक समितिलाई अधिकार प्रदान गरेको थियो । सञ्चालक डा.मुरारिप्रसाद पराजुलीले प्रस्तुत गरेको विनियम तथा कार्यविधीहरुको संशोधन प्रस्ताव समेत सभामा स्विकृत भएको थियो ।

संस्थाका सल्लाहकार एवं कार्यक्रमका प्रमुख अतिथि रामचन्द्र ढकालले सञ्चालक समितिले सबैको भावना समेट्दै, सघन अन्तर्कृया गर्ने गरेकाले संस्थामा सदस्यहरुले कारोवार मात्र नगरि अपनत्व महसुस गरेको बताए ।

विभिन्न समयमा हुने विस्तारित मन्चका कार्यक्रमहरुमा समेत सदस्यहरुको उल्लेख्य उपस्थिति देख्दा संस्था साँचो अर्थमा सदस्य केन्द्रित रहेको आफुले पाएको उनले बताए । साधारण सभामा उपाध्यक्ष चुणामणि पाण्डेयले संस्थाको एकिकरण पछिका ४ बर्षको संक्षिप्त समिक्षा गर्दै स्वागत मन्तब्य राखेका थिए ।

संस्थाका सल्लाहकार कृष्णप्रसाद अर्यालले संस्थाले बृहद एकिकरण पश्चात छोटो समयमा नै लुम्बिनी प्रदेश कृषि, भूमि ब्यवस्था तथा सहकारी मन्त्रालयले गरेको सहकारीको कार्यसम्पादन मुल्यांकनमा उत्कृष्ट सहकारीका रुपमा स्थापित हुन सक्नु संस्थाको असल अभ्यासको परिणाम रहेको बताए ।

संस्थालाई इमान्दारिता र विधी अनुसार सञ्चालन गरिएकोले संस्थाको विकास भइरहेको उनको भनाइ थियोे । सल्लाहकार राजेन्द्र सुवेदीले संस्था एकिकरणको शुरुवात गर्दाको स्मरण गरेका थिए । अरुणोदय बचत तथा ऋण सहकारी संस्थाका सचिव पिताम्बर अर्यालले साधारणसभाको शुभकामना ब्यक्त गरे ।

साधारण सभामा सदस्यहरु बुद्धिप्रसाद पन्त, जनप्रतिनिधि एवं संस्थाका सदस्य गीता न्यौपाने, हेमराज ज्ञवाली, केशवराज कोइराला, जीवन मरासिनी, डिल्लीराज भण्डारी र निरबहादुर थापा क्षेत्रीले विभिन्न प्रतिवेदनमा राखेको जिज्ञासाहरुको संस्थाका अध्यक्ष भरतराज भूसालले जवाफ दिएका थिए ।

अध्यक्ष भूसालले संस्थालाई पूर्ण पारदर्शी, उत्तरदायि, विधी आधारित र सदस्य केन्द्रित बनाउन गर्नुपर्ने कार्यका लागि निरन्तर प्रयास गरिरहेको बताए ।

साधारण सभामा निर्वाचन उपसमिति सदस्य प्रा.डा.गणेशप्रसाद पाठकले निर्वाचनका प्रकृयामा भएका काम कार्यवाही र सर्वसम्मत एवं निर्विरोध निर्वाचन सम्पन्न भएकोमा सबैलाई धन्यवाद सहित नव निर्वाचितहरुलाई सपथ गराए ।

निर्वाचनउप समिति संयोजक संस्थाका सल्लाहकार एवं लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णप्रसाद नेपालले नवनिर्वाचित सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिलाई प्रमाणपत्र प्रदान गरेका थिए । साधारण सभाको कार्यक्रम संस्थाका सचिव देवानन्द पाण्डेयले सञ्चालन गरेका थिए ।



Leave a comment