काठमाडौं । काभ्रेको बनेपामा मुख्य कार्यालय रहेको श्री मनकामना बचत तथा ऋण सहकारी संस्थाको ३० औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाले कार्तिक १३ र १४ गते केन्द्रीय कार्यालय लगायत सम्पूर्ण सेवा केन्द्रमार्फत साधारण सभाको आयोजना गरी १५ गते निर्णय प्रमाणीकरण सभा सम्पन्न गरेको हो । साधारण सभामा उत्कृष्ठ ऋणी, उत्कृष्ठ बचतकर्ता र उत्कृष्ठ बालबचतकर्तालाई सम्मान गरेको थियो ।
त्यसैगरी शेयर सदस्यका छोराछोरी मध्ये २०८१ सालको एसइई तथा कक्षा १२ को परिक्षामा उत्कृष्ठ अंक प्राप्त गर्ने विधार्थीहरुलाई मनकामना शैक्षिक पुरस्कारद्वारा सम्मान गरेको थियो । सभामा निवर्तमान अध्यक्षलाई सम्मान, पूर्व कर्मचारी सम्मान, वर्षको उत्कृष्ठ सेवा कार्यालय सम्मान, वर्षको उत्कृष्ठ कर्मचारी सम्मान लगायतका विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
संस्थाका अध्यक्ष गोपालप्रसाद घिमिरेको सभापतित्वमा भएको साधारण सभाका प्रमुख अतिथि संस्थाका सल्लाहकार राजकुमार हुँमागाई रहेका थिए । सभाको विशिष्ट अतिथिमा नि वर्तमान अध्यक्ष बालकृष्ण दाहाल रहेका थिए ।
प्रमुख अतिथि हुंमागाईले सहकारी शुसाशनमा सञ्चालन भए वित्तीय समस्या नआउने बताए । उनले नियमनकारी निकायले जारी गरेका निर्देशन तथा मापदण्डको पालना गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।
सहकारी ऐन र नियमका साथै मूल्य, मान्यता र सिद्धान्तमा आधारित भएर संस्था सञ्चालन गर्नुपर्नेमा उनको जोड थियो । सभा संस्थाका उपाध्यक्ष बिदुरप्रसाद घिमिरेले स्वागत मन्तव्य राखेका थिए ।
सभामा अध्यक्ष घिमिरेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्था सहकारी मूल्य, मान्यता र सिद्धान्तमा रही सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरणमा क्रियशिल रहेको बताए ।
उनले संस्थाको समग्र वित्तीय संरचना बलियो रहे पनि संस्थागत पुँजी वृद्धि गर्न आवश्यक रहेको उल्लेख गरे । संस्थाले वित्तीय साक्षरता कार्यक्रम मार्फत् सदस्यहरुलाई संस्थाको समग्र अवस्थाको वारेमा जानकारी दिँदै आएको भन्दै अध्यक्ष घिमिरेले यस आर्थिक बर्षमा पनि सदस्य लक्षित विभिन्न कार्यक्रम सञ्चानल गरिने बताए ।
संस्थाका सचिव नवराज आर्चायले संस्थाले वर्षभरी गरेका कृयाकलापहरु समेटी तयार भएको प्रतिवेदन, तथा कोषाध्यक्ष विकाश शर्मा तिमल्सिनाले वित्तीय प्रतिवेदन र आगामी वर्षको योजना तथा नीति कार्यक्रम साधारण सभामा प्रस्तुत गरेका थिए ।
संस्थाले गत आर्थिक बर्षको असार मसान्तसम्म २ अर्व ३० करोडको हारहारीमा कुल सम्पत्ति पुर्याएको छ । त्यस अवधिमा संस्थाले १ अर्व ९६ करोड बचत संकलन १ अर्व ७७ करोड ऋण लगानी गरेको जनाएको छ । संस्थामा १० हजार भन्दा बढी शेयर सदस्य आवद्ध रहेका छन् भने करिब १७ करोडको जगेडा कोष पुगेको छ ।
Leave a comment