हाइलाइट

आकाश डिजिटलका सिईओ अधिकारी इनोभेट फाइनान्स इन फिनटेक पावरलिष्टमा

आकाश डिजिटलका सिईओ अधिकारी इनोभेट फाइनान्स इन फिनटेक पावरलिष्टमा :: Sahakari Akhabar

काठमाडौं । आकाश डिजिटल प्रालिका प्रमुख कार्यकारी अधिकृत (सिईओ) टंकप्रसाद अधिकारी बेलायतस्थित Innovate Finance द्वारा प्रकाशित ‘Pride in FinTech Powerlist 2025’मा चयन भएका छन् । उक्त Powerlist विश्वभरका उत्कृष्ट Starup नेतृत्व र समावेशी फिनटेक नवप्रवर्तकहरूबीच एक प्रतिष्ठित चयन मानिन्छ ।

Innovate Finance द्वारा हरेक वर्ष प्रकाशित गरिने यो सूची वित्तीय प्रविधि क्षेत्रमा विविधता, समावेशिता र सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गर्ने व्यक्तित्वहरूप्रतिको सम्मान हो । नेपालको सहकारी र फिनटेक अटोमेशन क्षेत्रमा विगत एक दशकदेखि प्रविधि–आधारित सुधारमा काम गर्दै आएका अधिकारीले आकाश डिजिटलमार्फत सहकारीहरूको दस्तावेज व्यवस्थापन, स्वचालन र डिजिटल रूपान्तरणमा महत्वपूर्ण योगदान दिएका छन् । आकाश डिजिटलले हाल ५०० भन्दा बढी सहकारी संस्थाहरू लाई डिजिटल डकुमेन्ट म्यानेजमेन्ट सिस्टम (Akash DMS) मार्फत क्लाउड-आधारित सेवा पुर्‍याइरहेको छ ।

अन्तर्राष्ट्रिय स्तरको यो पावरलिष्टमा परेपछि कृतज्ञता व्यक्त गर्दै अधिकारीले भने “यो मान्यता व्यक्तिगत मात्र होइन, नेपालको सहकारी अटोमेशन प्रविधि क्षेत्रको प्रतिनिधित्व हो । ‘कागजदेखि क्लाउडसम्म’ अभियानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसरका रूपमा मैले यसलाई लिएको छु ।”

Innovate Finance यूकेको प्रमुख फिनटेक संस्था हो, जसको उद्देश्य विश्वव्यापी वित्तीय प्रविधि उद्योगमा समावेशी, सुरक्षित र नवप्रवर्तनशील वातावरण सृजना गर्नु हो । संस्थाले Pride in FinTech Powerlist मार्फत हरेक वर्ष यस्ता अग्रणी व्यक्तित्वहरूलाई सम्मान गर्छ, जसले विविधता र समानताको मूल्यलाई प्रविधिसँग जोड्दै समाजमा प्रभाव पारिरहेका छन् ।

अधिकारीको नाम समावेश भएको उक्त सूची आगामी नोभेम्बर ३ (सोमबार) मा सार्वजनिक हुँदैछ । डिसेम्बर ४ मा लन्डनस्थित Google Headquarters मा आयोजना हुने Celebratory Event मा Innovate Finance ले सबै चयनित व्यक्तित्वहरूलाई सम्मान गर्ने जनाएको छ ।

२०७४ सालमा पोखरामा स्थापना गरिएको अकाश डिजिटल प्रा. लि. ले सहकारी क्षेत्रका लागि म्ष्नDigital KYM, Loan Automation, Document Control, Expiry Management, CRM Dashboard लगायतका प्रविधि–आधारित सेवा विकास गरेको छ। कम्पनीको क्लाउड–आधारित प्रणालीमार्फत सहकारीहरूलाई पारदर्शिता, द्रुत सेवा र सुरक्षित डेटा व्यवस्थापन प्रदान हुँदै आएको छ।

 



Leave a comment