हाइलाइट

सहारा नेपाल साकोसका ६५ हजार सदस्यलाई ऋण प्रवाह

सहारा नेपाल साकोसका ६५ हजार सदस्यलाई ऋण प्रवाह :: Sahakari Akhabar

काठमाडौं । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले झण्डै ६५ हजार सदस्यलाई ऋण प्रवाह गरेको छ । संस्थाले असोज मसान्तसम्म ६४ हजार ९७५ जना सदस्य माझ विभिन्न शिर्षकमा ऋण लगानी गरेको हो ।

संस्थाले प्रकाशन गरेको पछिल्लो वित्तिय विवरण अनुसार संस्थामा कुल १ लाख ९२ हजार ६५२ जना सदस्य रहेका छन् । त्यसैगरी संस्थाको कूल सम्पति १८ अर्ब ६४ करोड ९० लाख ६७ हजार रुपैंयाँ पुगेको छ । ६ वटा जिल्ला कार्यक्षेत्र रहेको संस्थाको शेयर पूँजी १ अर्ब ६९ करोड ४९ लाख ९९ हजार ५०० रुपैंयाँ रहेको जनाइएको छ ।

त्यसैगरी संस्थाको जगेडा कोषमा १ अर्ब ३२ करोड ६८ लाख ९४ हजार तथा विभिन्न कोषहरुमा ९० करोड ९ हजार ८४८  रुपैंयाँ रहेको जनाइएको छ । संस्थाले १४ अर्ब ३१ करोड ९२ लाख १६ हजार बचत संकलन गरी ११ अर्ब ४१ करोड ३४ लाख २९ हजार ऋण लगानी गरेको जनाएको छ ।

बाह्य ऋण शुन्य प्रतिशत रहेको संस्थाले ४६ करोड ७० लाख रुपैंयाँ अल्पकालिन लगानी गरेको छ । संस्थागत पूँजी १ अर्ब ३७ करोड ३७ लाख ८३ हजार रुपैंयाँ रहेको संस्थामा ५ अर्ब २९ करोड ४६ लाख ८७ हजार रुपैंयाँ अर्थात ३६.९८ प्रतिशत तरलता रहेको जनाइएको छ ।



Leave a comment