हाइलाइट

चमेली कल्याणकारी साकोसको स्थापना दिवसमा रक्तदान कार्यक्रम

चमेली कल्याणकारी साकोसको स्थापना दिवसमा रक्तदान कार्यक्रम :: Sahakari Akhabar

काठमाडौं । सूर्यविनायक नगरपालिका १ बिरुवामा रहेको चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाले स्थापना दिवसमा रक्तदान कार्यक्रम गरेको छ । संस्थाको २४ स्थापना दिवसको अवसरमा विस्तारित मञ्च तथा खुल्ला रक्तदान कार्यक्रम गरेको हो ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको प्राविधिक सहयोगमा संस्थाले रक्तदान कार्यक्रम गरेको हो । रक्तदानमा स्थानीय, सदस्य, कर्मचारी र सञ्चालक समितिका पदाधिकारीले रक्तदान गरेका थिए । रक्तदाताहरुलाई संस्थाले प्रमाण पत्र समेत प्रदान गरेको थियो ।

‘रक्तदान,जीवनदान’ भन्ने उदेश्यका साथ सामुदायिक भवन परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा स्वंयसेवी रक्तदाताहरुले रक्तदान गरेका हुन् । विरामीहरुको लागि अत्यावश्यक पर्ने रगतको मागलाई केहि मात्रामा भए पनि सहयोग गर्ने उदेश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ ।

२०५९ सालमा स्थापना भएको उक्त सहकारी संस्थामा असोज मसान्तसम्म ५ हजार बढी सदस्य आवद्ध भएका छन्  । संस्थाले त्यस क्षेत्रका स्थानीय वासिन्दालाई सदस्य बनाई उनीहरुमा बचत गर्ने भावनाको विकास गरी बचत ऋणका कारोबार मार्फत् आर्थिक सामाजिक रुपान्तरणमा समेत योगदान पुर्याउदै आएको छ ।

संस्थाको असोज मसान्तसम्म शेयर पुँजी ६ करोड ५९ लाख २३ हजार, जगेडा कोष ९ करोड ५१ लाख ८२ हजार र कुल संस्थागत पुँजी ९ करोड ८९ लाख ६६ हजार रहेको छ । त्यसैगरी संस्थाको विभिन्न कोषमा ७ करोड ६३ लाख ९७ हजार र बचत संकलन ७९ करोड ५८ लाख ९० हजार पुगेको व्यवस्थापक सुदर्शन चौलागाईंले जानकारी दिए ।

संस्थाले त्यस अवधिमा ७१ करोड २५ लाख ३१ हजार ऋण लगानी गरेको छ भने १ अर्ब ४ करोड ४५ लाख कुल सम्पत्ति पुर्याउन सफल भएको छ । कार्यक्रम संस्थाका अध्यक्ष प्रमोद घिमिरेको सभापतित्वमा सम्पन्न भएको हो ।



Leave a comment