हाइलाइट

कुम्भेश्वर महिला साकोसको १५ औं बार्षिक साभारण सभा सम्पन्न

कुम्भेश्वर महिला साकोसको १५ औं बार्षिक साभारण सभा सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । ललितपुरको कुम्भेश्वरमा रहेको कुम्भेश्वर महिला बचत तथा ऋण सहकारी संस्थाको १५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाकी अध्यक्ष शान्तलक्ष्मी खड्गीको सभापतित्वमा भएको साधारण सभाको प्रमुख अतिथि ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरी बजगाईं रहेका थिए ।

साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष बजगाईंले कुम्भेश्वर महिला साकोसले महिला सदस्यको आर्थिक सामाजिक रुपान्तरणमा खेलेको भूमिकाको प्रशंसा गरे ।

उनले संघले जिल्लामा रहेका बचत तथा ऋण सहकारी संस्थाको विकास र प्रवद्र्धनमा निरन्तर काम गर्दै आएको समेत बताए । संस्थाहरुलाई आवश्यक पर्ने वित्तीय तथा प्राविधिक सहयोग प्रदान गरी सहकारीको समस्या समाधान गर्न संघ क्रियशिल रहेको बताए ।

सभामा संस्थाका कानुनी सल्लाहकार अधिवत्ता लक्ष्मण महर्जनले कुम्भेश्वर महिला समुदायको उत्कृष्ट संस्था बन्दै गएको भन्दै संस्थाको वित्तीय सुचाङ्क बलियो रहेको बताए ।

उनले अन्य संस्थाहरुले पनि आफुलाई कानुनी सल्लाहकार बस्नको लागि आग्रह गरे पनि वित्तीय अवस्था खराव रहेकाले इन्कार गरको बताए ।

संस्थालाई विश्वास गरी जति कारोबार गर्यो त्यति नै कारोबार बढ्दै जाने भएकाले सदस्यहरुलाई ढुक्क भएर संस्थामा कारोबार गर्न समेत आग्रह गरे ।

संस्थाकी अध्यक्ष खड्गीले संस्था स्थापनाकाल देखि नै समुदाय र सदस्यको आर्थिक सामाजिक रुपान्तरण गर्न लागि परेको बताइन् । सदस्यहरुलाई आर्थिक रुपमा सबल बनाउन समयानुसार विभिन्न योजनाहरु तय गरी लागु गर्दै आएको र बचत तथा ऋणका विभिन्न योजना समेत ल्याएको उनको भनाई छ ।

संस्था बागमती प्रोस्कूनले सञ्चालन गरेको कोसिस कार्यक्रममा सहभागी भई संस्थागत सुशासन कायम गरी सुरक्षित रुपमा बचत तथा ऋण लगानी गर्दै आएको अध्यक्ष खड्गीले सभामा जानकारी दिइन् ।

संस्थाको आर्थिक बर्ष २०८१ / ८२ को असार मसान्तसम्म शेयर पुँजी १ करोड ४५ लाख ५७ हजार, बचत संकलन १४ करोड ६३ लाख र ऋण लगानी १५ करोड ९६ लाख पुगेको छ । संस्थामा ९२३ सदस्य आवद्ध रहेका छन् ।

संस्थाले १७ वटा विभिन्न नीति तथा कार्यविधिहरु तयार गरी लागु गरेको छ । संस्थाकी सचिव सफलता खड्गीले आर्थिक बर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन तथा भावी योजना समेत प्रस्तुत गरेकी थिइन् ।

संस्थाले यस आबमा युवाहरुको लागि वित्तीय साक्षरता तथा सदस्य शिक्षा कार्यक्रम गर्ने, रक्तदान तथा सदस्यहरुको सीप विकासको लागि विभिन्न तालिमहरु आयोजना गर्ने भएको छ।

संस्थाकी कोषाध्यक्ष रंगिता शाहीले आर्थिक बर्ष २०८१ / ८२ को आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिको तर्फबाट संयोजक मोनिका खड्कीले समितिको प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए । सभामा उत्कृष्ट ऋणीलाई सम्मान गर्नुका साथै  सभा सहभागी हुने सदस्यहरुलाई गोला प्रथाबाट डोर प्राइजको समेत व्यवस्था गरिएको थियो ।



Leave a comment