हाइलाइट

आभाष साकोसद्धारा बाल बचतकर्तालाई शैक्षीक सामाग्री वितरण

आभाष साकोसद्धारा बाल बचतकर्तालाई शैक्षीक सामाग्री वितरण :: Sahakari Akhabar

काठमाडौं । बनेपा काभ्रेपलाञ्चोकमा रहेको आभाष बचत तथा ऋण सहकारी संस्थाले संस्थामा आवद्ध बाल बचतकर्ता हरुलाई शैक्षिक सामाग्री वितरण सुरु गरेको छ । संस्थाले राष्ट्रिय बाल दिवसको अवसरमा संस्थामा आवद्ध बाल बचतकर्ता हरुलाई शैक्षिक सामाग्री वितरण सुरु गरेका हो ।

संस्थाले प्रत्येक वर्ष बाल दिवसको अवसरमा प्रदान गर्दै आएको शैक्षिक सामाग्री वितरण कार्यक्रम यस वर्ष पनि आजदेखि सुरुवात गरिएको संस्थाले जनाएको छ । संस्थाले बाल बचतकर्ताहरुको संस्थामा भएको बचत तथा अन्य कार्यक्रमहरुमा सहभागिताको आधारमा शैक्षिक सामाग्री वितरण गर्दै आएको जनाएको छ । ९७० जना बाल बचतकर्ता रहेको संस्थामा ६ हजार जम्मा सदस्य रहेको संस्थाका मुख्य प्रवन्धक सुवास बैद्यले जानकारी दिएका छन् ।



Leave a comment