काठमाडौं । भक्तपुरमा रहेको श्री बाराही बचत तथा ऋण सहकारी संस्थाको २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज (असोज ३ गते ) शुभकामना पार्टी प्यालेस भक्तपुरमा सम्पन्न सभामा संस्थाका अध्यक्ष राधेश्याम सुवालको सभापतित्व र संस्थाका जेष्ठ सदस्य नारांकृष्ण त्यातको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा संस्थाका सचिव बिष्णुप्रसाद सुवाल, कोषाध्यक्ष रत्न केशरी सुखुपायो र लेखा सुपरिवेक्षण समितिका संयोजकबाट प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा संस्थाका उत्कृष्ट ऋणी सदस्य १ जना, उत्कृष्ट नियमित बचतकर्ता १ जना, संरक्षित पुँजी फिर्ता कोष वितरणमा ऋण र बचत तर्फ बढी योगदान गर्ने २ जनालाई सम्मान गरेको छ। त्यसैगरी सदस्यता वृद्धिमा ४ जना, शेयर पुँजी बृद्धिमा ४ जना, २०८१ मा एस.ई.ई उत्तीर्ण विद्यार्थीहरु ३७ जना, बासुरी बाजा प्रशिक्षार्थी २८ जनालाई सम्मान गरिएको थियो ।
सभामा स्रोत व्यक्ति भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले ७५ प्रतिशतको हाराहारीमा उपस्थिति रहेको सदस्यहरुलाई सहकारी सम्वन्धी वित्तीय साक्षरता प्रदान गरेका थिए । साधारण सभा तयारी समितिका संयोजक एवं उपाध्यक्ष बलराम प्रजापतिले स्वागत गरेको कार्यक्रम संचालक सदस्य पुनेन्द्र प्रसाद कुसीले संचालन गरेका थिए ।
Leave a comment