हाइलाइट

पोखरा रोयल साकोसद्धारा प्रहरी र वडा कार्यालयलाइ तीनलाख बढीको सहयोग

पोखरा रोयल साकोसद्धारा प्रहरी र वडा कार्यालयलाइ तीनलाख बढीको सहयोग :: Sahakari Akhabar

काठमाडौं । बुद्धचोक पोखरामा मुख्य कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले प्रहरी र वडा कार्यालयलाइ तीनलाख बढीको सहयोग गरेको छ । संस्थाले जिल्ला प्रहरी कार्यालय कास्कीलाइ मोटरसाइकल र पोखरा महानगरपालिका वडा १० कार्यालयलाई एकसेट कम्प्यूटर र प्रिन्टर हस्तान्तरण गरेको हो ।

भदौ २३ र २४ गते जेन जेड समूहको आन्दोलनका कारण पोखराका सयौं सरकारी कार्यालयहरु र त्यहाँ रहेका कार्यालय सामग्री जलेर नष्ट भएका कारण संस्थाले सहयोग गरेको जनाएको छ । संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लाख ४४ हजार बराबरको सहयोग गरिएको संस्थाका सूचना अधिकारी मिलन ढकालले जानकारी दिएका छन् ।

नागरिकसंग प्रत्यक्ष सरोकार राख्ने कार्यालयलाई छिटो सामान्य अवस्थामा सञ्चालन गर्न सहयोग पुगोस् भन्ने उद्धेश्यले सहयोग गरेको संस्थाकी अध्यक्ष रुद्रकुमारी गुरुङ्गले जनाइन् । अध्यक्ष गुरुङले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियालाई र पोखरा महानगरपालिका वड १० का वडाध्यक्ष राजेश गुरुङ्गलाई एकसेट कम्प्यूटर तथा प्रिन्टर हस्तान्तरण गरेकी हुन् । संस्थाले यस भन्दा अगाडि कोभिड महामारी र महाभुकम्पको समयमा समेत सामुदायिक हितका क्षेत्रमा सहयोग गर्दै आईरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङ्गले बताए ।



Leave a comment