हाइलाइट

इलाका प्रहरी कार्यालयलाई जनउत्थान साकोसको सहयोग

इलाका प्रहरी कार्यालयलाई जनउत्थान साकोसको सहयोग :: Sahakari Akhabar

काठमाडौं । जेन्जी आन्दोलनमा क्षतिग्रस्त भएको रुपन्देहीको मंगलापुर इलाका प्रहरी कार्यालयलाइ जनउत्थान बचत तथा ऋण सहकारीले सहयोग गरेको छ ।

संस्थाले आन्दोलनमा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएको मंगलापुर इलाका प्रहरी कार्यालयलाई कम्प्युटर, प्रिन्टर, दराज र लोवेड टाइपको सीटर लगायतका सामग्री सहयोग गरेको हो ।

क्षतिग्रस्त प्रहरी कार्यालयको सेवा पुनः संचालन गर्न सबै स‌घ सस्थाहरुबाट सहयोग हुनपर्ने संस्थाका प्रमुख कार्यकारी अधिकृत रनबहादुर मगर बताउँछन् ।

सहकारीले नाफा मात्र नभएर समाजिक विकास जस्ता कार्यमा पनि सहयोग गर्नुपर्ने उनको भनाइ छ । यसै मान्यता अनुसार संस्थाले सदस्य र समाजमा सामाजिक कर्मलाई प्राथमिकतामा राखेर काम गरेको उनको भनाइ छ ।

संस्थाले सदस्यको जन्मदेखि मृत्युसम्मको सेवा प्रदान गर्दैआएको छ । संस्थाले आर्थिक वर्ष ०८१ / ०८२ मा मात्र ३ हजार ३४० सदस्यहरुलाई विभिन्न शिर्षकमा सहयोग तथा राहत प्रदान गरेको जनाएको छ ।

संस्थाले गर्भवति भेटघाट, सुत्केरी भेटघाट, अन्न प्राशन भेटघाट र ब्रतबन्ध र मुण्डन र छेवर र गुन्योचोलो कार्यक्रम गर्दैआएको छ । त्यसैगरी विद्यार्थी प्रोत्साहन कार्यक्रम, युवा सदस्य स्वागत कार्यक्रम, नयाँ बुहारी स्वागत र चेली विदाइ कार्यक्रम पनि गर्दैआएको छ ।

त्यसैगरी संस्थाले तीर्थ यात्रा कार्यक्रम जेष्ठ सदस्य सम्मान कार्यक्रम गरेको जनाइएको छ । बयासी वर्षारम्भ भेटघाट कार्यक्रम, मानो राहत वितरण कार्यक्रम, दुर्घटना बीमा वितरण कार्यक्रम  र ऋण बीमा वितरण कार्यक्रम पनि संस्थाले गर्दैआएको छ ।

त्यसैगरी संस्थाले प्राकृतिक प्रकोप राहत वितरण, प्राणघातक रोग उपचार सहयोग र उद्यमी सदस्यलाई निव्र्याज ऋण सहयोग प्रदान गर्दैआएको छ । संस्थामा ३९ हजार ६९० जना सदस्इ रहेका छन् । संस्थाले अन्तराष्ट्रिय गुणस्तर मापदण्ड एक्सेस ब्राण्ड समेत प्राप्त गरेको छ ।



Leave a comment