काठमाढौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)ले तेश्रो वी क्यान वर्कशप सम्पन्न गरेको छ । वर्कशप संघको आयोजना तथा ललितपुर महानगरको उद्योग तथा सहकारी महाशाखाको साझेदारीमा २८ गते आइतबार सम्पन्न भएको हो ।
संघको स्तरीकरण कार्यक्रम अन्तर्गत कोशिस चौथो समूहको वर्कशप बागमती प्रदेश सरकारसंगको सहकार्य रहेको छ । स्तरीकरण कार्यक्रम कोशिसमा ललितपुर महानगर उद्योग तथा सहकारी महाशाखा, बागमती प्रोस्कून र ललितपुर नियमन क्षेत्रभित्र रहेका प्रारम्भिक संस्थाहरु सहभागीता रहेको छ ।
चौथो समूहको तेस्रो सार्थक एवं प्रभावकारी सहयोग र नविनता व्यवस्थापन कार्यशाला बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा सम्पन्न भएको छ । वर्कशपमा चौथो समूहमा आवद्ध ६ वटा सहकारीका पदाधिकारी, व्यवस्थापक र प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत केशव दाहालले कार्यक्रमको विषयमा प्रस्ट पार्दै सम्पूर्ण साकोसका संचालक र व्यवस्थापन प्रतिवद्ध रहे संस्थाको स्तरउन्नती गर्न सकिने त्यसका लागि नीति कार्यविधि र कानुनलाई आत्मासाथ गर्नेगरी तयार गरिएको कोशिस कार्यक्रमको सूचकलाई अनुसरण गर्नुपर्ने बताए ।
वर्कशप संघका व्यवसाय अधिकृत सुदर्शन दाहालले संचालन गरेका थिए । त्यसैगरी संघका महिला उपाध्यक्ष कल्पना श्रेष्ठले कार्यक्रमको औचित्य र उपदेयता माथि प्रकाश परेकी थिइन ।
कोशिस कार्यक्रममा आवद्ध साकोसहरुको क्षमता अभिबृद्धि गराउने उद्धेश्यले हरेक वी क्यान वर्कशपमा समसामयिक विषयमा संघकी कार्यक्रम अधिकृत विमला पुडासैनीले विभिन्न विषयमा अनुशिक्षण गराएकी थिइन् ।
Leave a comment