काठमाण्डौं । निलकण्ठ नगरपालिका साँघुटारमा मुख्य कार्यालय रहेको रामकोट बचत तथा ऋण सहकारी संस्थाले बाल बचतकर्ताहरुलाई स्टेशनरी सामाग्री बितरण गरेको छ । संस्थाले ६१ औं राष्ट्रिय बाल दिवसको अवसर पारेर संस्थाका बाल बचतकर्ताहरुलाई स्टेशनरी सामाग्री बितरण ग।रेको हो ।
बाल मैत्री शासनः बाल अधिकारको सम्मान, भन्ने मुल नारा सहित संस्थाले प्रधान कार्यालय नीलकण्ठ नपा ८, साँघुटार र सेवाकेन्द्र कार्यालय रामकोटबाट स्टेशनरी सामाग्री बितरणको सुरुवात भइसकेको जनाएको छ । संस्थाले सम्पूर्ण बाल बचतकर्ताहरुको अभिभावक हरुलाई आफुलाई पाएकपर्ने स्थानबाट स्टेशनरी सामाग्री बुझिलिनको लागि अनुरोध पनि गरेको छ ।
संस्थाले भदौ २९ र ३० गते संस्थाबाट उक्त सामाग्री बितरण हुने जनाएको छ । संस्थामा ३ हजार २११ जना सदस्य रहेका छन् भने १ करोड ८६ लाख ९ हजार सेयर पूँजी रहेको छ । संस्थाको जगेडा कोषमा ४९ लाख ४३ हजार र विभिन्न कोषमा २१ हजार रहेको जनाइएको छ । संस्थामा १५ करोड १६ लाख ३९ हजार बचत तथा ५९३ जना ऋणी सदस्यमा १४ करोड १२ लाख ८१ हजार ऋण लगानीमा रहेको जनाइएको छ । संस्थाको १९ करोड ३८ लाख ३१ हजार कुल सम्पति रहेको छ ।
Leave a comment