हाइलाइट

बर्दिवास साकोसको निर्वाचन सहितको १४औं वार्षिक साधारण सभा सम्पन्न

बर्दिवास साकोसको निर्वाचन सहितको १४औं वार्षिक साधारण सभा सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । बर्दिवास महोत्तरीको बर्दिबास बचत तथा ऋण सहकारी संस्थाको निर्वाचन सहितको १४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गरेको छ ।

संचालक समितिमा संस्थाका पूर्व कोषाध्यक्ष सन्तोषकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ समिति चयन भएका छन् । नयाँ कार्यसमितिको उपाध्यक्षमा रेनुका हमाल, सचिव मदनकुमार ठकुरी, कोषाध्यक्ष हर्क बहादुर तामाङ चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा कृष्णकुमार श्रेष्ठ, हिमाली हमाल, अशोक महतो, सकुन्तला पोखरेल र खुराहरि अधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।

त्यसैगरी सभाले लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा माधवप्रसाद पोखरेललाई पुनः निर्वाचित गरेको छ भने सदस्यमा परशुराम जोशी र कुमार भण्डारी चयन भएका छन् ।

सभामा नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीले सहकारीलाई उत्पादनमूलक क्षेत्रमा जोड दिनुपर्ने बताए । उनले सहकारी संस्थालाई नगरपालिकाले हरेक सम्भाव्य क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

संस्थाले आफ्नो १४औं वार्षिक साधारण सभाको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने सदस्य तथा कर्मचारीलाई सम्मान गरेको थियो । संस्थाले ११ जना उत्कृष्ट सदस्यहरूलाई प्रमाणपत्र, खादा, अविर र सहकारी लोगो अंकित घडी प्रदान गरेको थियो ।

त्यसैगरी तीनजना जेहेन्दार विद्यार्थीलाई जनही १५ हजार नगदसहित सम्मान गरेको थियो । साधारण सभाको अवसरमा चारजना ६५ वर्षभन्दा माथिका वृद्धवृद्धालाई दोसल्ला, हर्लिक्स र १० कित्ता शेयर रकमसहित सम्मान गरेको छ ।

त्यसैगरी १ जना उत्कृष्ट कर्मचारीलाई ५० कित्ता शेयर, प्रमाणपत्र र घडीसहित सम्मान गरेको छ । संस्थाले आगामी आर्थिक वर्षदेखि ७० वर्षभन्दा माथिका सदस्यहरूलाई मासिक तीनसय रुपैयाँ भत्ता दिने निर्णय गरेको छ । संस्थामा ३ हजार ६०० सदस्य रहेका छन् ।



Leave a comment