हाइलाइट

बागमती प्रोस्कूनको स्तरीकरण कार्यक्रम सिन्धुपाल्चोकमा

बागमती प्रोस्कूनको स्तरीकरण कार्यक्रम सिन्धुपाल्चोकमा :: Sahakari Akhabar

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) को प्राविधिक सहयोग तथा महिला मातृशिशु बचत तथा ऋण सहकारी संस्था सुनकोशी गापा ७ पाङग्रेटार, सिन्धुपाल्चोकको आयोजनामा कोशिस कार्यक्रम पहिलो समूहको वर्कशप सम्पन्न भएको छ ।

बागमती प्रदेश सरकारको सहकार्यमा सञ्चालित स्तरीकरण कार्यक्रम कोशिसमा आवद्ध साकोसहरुको पहिलो समूहको दशौ सार्थक एवं प्रभावकारी सहयोग र नविनता व्यवस्थापन कार्यशाला सम्पन्न भएको हो ।

कार्यशाला मातृशिशु साकोसी अध्यक्ष देवी तिमल्सिनाको अध्यक्षता तथा सुनकोशी गाँउपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यसैगरी कार्याशालामा बागमती प्रोस्कूनका पूर्व सञ्चालक तथा सुनकोशी गापा वडा ६ का अध्यक्ष चक्रबहादुर बस्नेतको विशेष आतिथ्यता र बागमती प्रोस्कूनका निवर्तमान संचालक कृष्णप्रसाद सुवेदीको आतिथ्यता रहेको थियो ।

कार्याशाला आत्मानिर्भर साकोसको सभाहलमा  सम्पन्न भएको हो । कोशिस कार्यक्रममा आवद्ध साकोसहरुको थप क्षमता अभिबृद्धि गराउने उद्धेश्यले वर्कशपमा समसामयिक विषयमा अनुशिक्षण गर्ने कार्यतालिका अनुरुप कार्यक्रममा बागमती प्रोस्कूनका कार्यक्रम अधिकृत विमला पुडासैनीले प्रतिवेदन तथा अभिलेखहरुको दस्तावेजीकरण विषयक अनुशिक्षण गरेकी थिइन् ।

प्रमुख अतिथि तिमल्सिनाले कोशिस कार्यक्रमले ल्याएको सुधारका विषयमा चर्चा गर्दै कार्यक्रमको निरन्तरताको शुभकामना व्यक्त गरे । त्यसैगरी विशिष्ट अतिथी बस्नेतले सहकारीको योगदान र सहकारीले गराएको पहिचानका कारण आज समाज सेवामा लाग्न प्रेरणा मिलेको भन्दै सहकारीले लिएको लक्ष्य पूरा गर्न व्यवस्थापन प्रतिवद्ध रहन सुझाव दिए ।

उनले गरिरहेको भन्दा फरक किसिमले काम गर्न सके पहिचान फरक रहने भन्दै सिकाई निरन्तर र कहिल्यै समापन नहुने तत्व रहको कारण आफू पनि सहकारी सिक्न सधै तयार रहेको बताए ।

त्यसैगरी बागमती प्रोस्कूनका निवर्तमान सञ्चालक कृष्णप्रसाद सुवेदीले कोशिस कार्यक्रमले ल्याएको परिवर्तन र यसको सन्देशलाई सवै साकोसमा पुग्ने गरी कार्य गर्नुपर्ने बताए ।

समूहको आगामी दशौं कार्यशाला गोष्ठि स्पष्ट साकोस, चावहिल काठमाडौंको आयोजनामा मंसिर २७ गते शनिवारका दिन आयोजना गर्ने निर्णय भएको छ ।



Leave a comment