हाइलाइट

पिपुल्स साकोसकोे १९औं वार्षिक साधारण सभा सम्पन्न

पिपुल्स साकोसकोे १९औं वार्षिक साधारण सभा सम्पन्न :: Sahakari Akhabar

काठमाडौं ।  काभ्रेको पिपुल्स बचत तथा ऋण सहकारी संस्थाले १९औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाको बनेपा ८ तीनदोबाटोमा रहेको केन्द्रीय कार्यालयमा सभा सम्पन्न भएको । सभामा उत्कृष्ट बचतकर्ता एवं ऋणी, एसईई विद्यार्थी तथा बुबा–आमा सम्मान कार्यक्रम गरेको छ ।

त्यसैगरी संस्थाले नवजात शिशु तथा जेष्ठ नागरिकलाई निःशुल्क सदस्यता प्रदान गरेको छ भने, रेमिट्यान्स सेवा, मोबाइल रिचार्ज, विजुली तथा टेलिफोन भुक्तानी सेवा, न्यूनतम पाँच हजार रुपैयाँ निक्षेप गरेका सदस्यका लागि एक लाख रुपैयाँसम्मको निःशुल्क दुर्घटना बीमा गराएको जानकारी दिएको छ ।

त्यसैगरी संस्थाले स्वास्थ्य उपचार, परिवार समवेदना राहत, सदस्य साक्षरता शिक्षा तथा संरक्षित पूँजी फिर्ता कोष वितरण जस्ता कार्यक्रमहरु गरेको जनाएको छ । संस्थाका अध्यक्ष निरन शाक्यको अध्यक्षतामा सम्पन्न सभामा संस्थाका जेष्ठ सदस्य तथा लोकगायक मच्छेश्वर सापकोटाले प्रमुख आतिथ्यता गरेका थिए ।

अध्यक्ष शाक्यले सहकारीको मर्म, भावना, सिद्धान्त र मूल्य मान्यता अंगिकार गर्दै साधारण सभा मितव्ययी ढंगले सम्पन्न गरिएको जानकारी दिए । उनले राहत तथा सेवा कार्यक्रमलाई सहज, सरल र प्रभावकारी ढंगले सदस्यहरूसम्म पुर्याउँदै संस्था थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे ।

सभामा आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन संस्थाका सचिव सन्तोष कुमार घिमिरेले, आर्थिक प्रतिवेदन कोषाध्यक्ष पवनराज कर्णजीतले र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सदस्य विष्णुभक्त श्रेष्ठले प्रस्तुत गरेका थिए ।

संस्थाको २ करोड ३९ लाख ८६ हजार रुपैयाँ शेयर पूँजी रहेको छ भने, २८ करोड ६१ लाख २२ हजार रुपैयाँ निक्षेप, २२ करोड ५६ लाख ७१ हजार रुपैयाँ ऋण लगानी गरेको जनाइएको छ । संस्थाको जगेडा कोषमा १ करोड ७१ लाख ९३ हजार रुपैयाँ रहेको छ भने बाल बचतकर्ता सहित ६ हजार ३६१ जना सदस्य रहेको जनाइएको छ ।



Leave a comment