हाइलाइट

अन्नपूर्ण सहकारीको २८ औं बार्षिक साधारण सभामा विद्यार्थीलाई सम्मान

अन्नपूर्ण सहकारीको २८ औं बार्षिक साधारण सभामा विद्यार्थीलाई सम्मान :: Sahakari Akhabar

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा मुख्य कार्यालय रहेको अन्न्पूर्ण बहुमुखी सहकारीको २८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । भदौ २१ गते सम्पन्न सभामा संस्थाले एसइइमा उर्तिण सदस्यका छोरा छोरीलाई सम्मान गरेको छ । संस्थाले २०८१ सालको एसइइमा उर्तिण सदस्यका छोरा छोरी मध्ये ५ जनालाई सम्मान गरेको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष श्यामसुन्दर बस्नेतलगायतले विद्यार्थीलाई सम्मान पत्र प्रदान गरेका थिए । संस्थामा ४ हजार २४३ जना सदस्य रहेको अध्यक्ष बस्नेतले सभामा जानकारी दिए । उनले मुख्य कार्यालय सहित ६ वटा सेवाकेन्द्र रहेको संस्थाको काठमाडौं, भक्तपुर र काभ्रे जिल्ला कार्यक्षेत्र रहेको जनाए ।

सभामा संस्थाका सचिव राजनप्रसाद पराजुली, कोषाध्यक्ष मिराकुमारी भट्टराई तथा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरिएको थियो । प्रतिवेदन अनुसार संस्थाको आर्थिक वर्ष ०८१÷०८२ मा सेयर पूँजी ८ करोड ९१ लाख १८ हजार बचत ५१ करोड ६७ लाख ९९ हजार रुपैंयाँ रहेको जनाइएको छ ।

त्यसैगरी संस्थाको जगेडा कोषमा ३ करोड ९४ लाख ७९ हजार तथा ५५ करोड ५६ लाख ९९ हजार ऋण लगानी रहेको सभामा जानकारी दिइएको छ । संस्थाको कुल सम्पति ६९ करोड ९६ लाख ८८ हजार रहेको छ । संस्थाले बार्षिक रुपमा महिला सदस्यहरुलाई तिर्थाटन, स्थापना दिवस कार्यक्रम, कानुनी साक्षरता कार्यक्रम, सहकारी शिक्षा तथा क्ष्मता विकास कार्यक्रम गर्दैआएको जनाइएको छ ।

त्यसैगरी संस्थाले चर्म रोग परिक्षण, बाल बचतमा योगदान पुर्याउने विद्यार्थीलाई स्टेशनरी बितरण तथा वनभोज कार्यक्रम गरेको जनाइएको छ । संस्थाले महिला सेयर सदस्यको लागि सौन्दर्य तालिम, फुटसल प्रतियोगिता, क्षमता विकास तालिमलगायत सामाजिक सुरक्षा तथा राहत कार्यक्रम, सदस्यलाई उपचार खर्चका साथै सदस्यको मृत्युमा परिवारलाई किरिया खर्चसमेत प्रदान गरिदैआएको सभामा जानकारी दिइएको छ । संस्थाले तरकारी तथा फलफूल बजार समेत संचालन गर्दैआएको संस्थाकी ब्यवस्थापक शोभा अधिकारीले जानकारी दिइन् ।



Leave a comment