काठमाडौं । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाका सदस्यले दृष्टि आँखा अस्पतालमा १० देखि ३० प्रतिशत छुट पाउने भएका छन् । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था र दृष्टि आँखा अस्पताल पोखराबिच हिजो सम्झौता भएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङ र दृष्टि आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत गोकर्ण क्षेत्रीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौतामा पोखरा रोयल सहकारीका सदस्यहरुले अस्पतालको सेवा लिए बापत ओपिडिमा १० प्रतिशत, चेकजाँच र प्रयोगशाला सेवामा २५ प्रतिशत, चश्मा र चश्माजन्य सामाग्रीमा ३० प्रतिशत तथा फार्मेशी सेवामा १० प्रतिशतसम्म छुट पाइने जनाइएको छ । सुखी सदस्य, दिगो सहकारीको परिकल्पना साकार गर्ने दिशामा यो सम्झौता अर्को महत्वपूर्ण उपलब्धि भएको संस्थाका सूचना अधिकारी मीलन ढकालले बताए ।
सम्झौता कार्यक्रममा संस्थाका सदस्य सेवा विभागका प्रमुख अभिषेक गुरुङले आफ्ना सदस्यहरुको स्वास्थ्य, सुरक्षा, सहजता र सुविधालाई सधैँ पहिलो प्राथमिकतामा राखी सदस्यलाई सहुलियत दिने कार्यलाई निरन्तरता दिने बताए ।
पोखरा रोयल सहकारी संस्था संगको सहकार्य फलदायी र दिगो हुने विश्वास लिदै सहकारी संस्थाको परिचय खुल्ने कुनै एक आधार लिएर आउने हरेक सदस्यलाई सम्झौतामा उल्लेख भए बमोजिम छुट दिने अस्पतालका प्रमुख कार्यकारी अधिकृत गोकर्ण क्षेत्रीले जानकारी दिए ।
यसअघि पोखरा रोयल साकोसले आफ्ना सदस्यलाई स्वास्थ्य परिक्षण तथा उपचारमा सहुुलियत प्रदान गर्ने उद्देश्यका साथ ह्याप्पी फेस एस्थेटिक क्लिनिक पोखरासँग पनि द्धिपक्षीय सम्झौता गरेको थियो । उक्त सम्झौता अनुसार अस्पतालको सेवा लिए वापत संस्थाका सदस्यहरुलाई फार्मेसीमा १० प्रतिशत, छाला सम्बन्धी उपचार प्रक्रियामा ५० प्रतिशतसम्म र निशुल्क दन्त परामर्श तथा दन्त सेवाहरुमा २५ प्रतिशतसम्म छुट दिएको छ ।
Leave a comment