काठमाडौं । दोलखाको चरिकोटमा मुख्य कार्यालय रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले चाडपर्वलाई लक्षित गरेर सदस्यमा लगानी गर्ने भएको छ । संस्थाले चाडपर्वलाई लक्षित गरेर ९ प्रतिशत ब्याजदरमै लगानी गर्ने भएको हो ।
संस्थाले चाड पर्व ब्यवसाय ऋण ९ प्रतिशतमा लगानी गर्ने जनाएको छ । संस्थाले १० लाखसम्म ६ महिनाका लागि उक्त ब्याजदरमा ऋण लिन सकिने र ऋण दैनिक वा मासिक किस्तामा तिर्न सकिने जनाएको छ । त्यसैगरी संस्थाले यातायात ब्यवसायी सदस्यकोलागि पनि ९ प्रतिशत ब्याजदरमा लगानी गर्ने जनाएको छ ।
संस्थाले इभी टेम्पो, बलेरो र गाडी खरिदकालागि पाँच लाखदेखि २५ लाखसम्म ३ देखि ५ वर्षसम्मका लागि लगानी गर्ने जनाएको छ । संस्था ३३ वर्षमा प्रवेस गरेको छ । समुदायमा उत्कृष्ट संस्थाको रुपमा स्थापित गर्ने उद्देश्यका साथ सहकारी मूल्य, मान्यता र सिद्धान्तका साथै ऐन नियमको परिधिमा रहेर संस्था सञ्चालन गर्दै आएको संस्थाका प्रमुख कार्यकारी अधिकृ इश्वर न्यौपानेले बताउँछन्
सदस्यलाई वित्तिय सेवा संगै प्रविधिमैत्री सेवा क्युआर कोड, मोबाइल बैकिङ्ग तथा एटिएमलगायतका सेवा प्रदान गर्दै आएको उनले जनाएका छन् । संस्थाले उद्यमशीलता मार्फत सेयर सदस्यहरुको जीवनस्तर उकास्न लागिपरेको उनको भनाइ छ । संस्थामा साउन मसान्तसम्म २२ हजार ९२४ जना सदस्य आवद्ध रहेका भने २ हजार ३३७ जना ऋणी सदस्य रहेका छन् ।
त्यसैगरी संस्थाको शेयर पूँजी ६ करोड ७७ लाख, ८८ हजार, जगेडा कोष ९ करोड १० लाख र अन्य कोषमा ७ करोड ९३ लाख ७९ हजार रहेको जनाइएको छ । संस्थाको कुल संस्थागत पूँजी ९ करोड १० लाख ८० हजार, बचत संकलन १ अर्ब १२ करोड ४९ लाख २१ हजार र ऋण लगानी ९७ करोड ४९ लाख २८ हजार तथा संस्थाको कुल सम्पत्ति १ अर्ब ४० करोड ६७ लाख ५४ हजार पुगेको जनाइएको छ ।
Leave a comment