हाइलाइट

गाम्चा साकोसद्धारा ३३ जना विद्यार्थीलाई सम्मान

गाम्चा साकोसद्धारा ३३ जना विद्यार्थीलाई सम्मान :: Sahakari Akhabar

काठमाडौं । भक्तपुरको गाम्चामा रहेको गाम्चा बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यका छोरा छोरीहरूलाई सम्मान गरेको छ । संस्थाले २०८१ सालको एसइई परीक्षामा उतीर्ण ३३ जनालाई नगद तथा प्रसंशा पत्र सहित सम्मान गरेको हो ।

विद्यार्थीलाई स्व.रामकृष्ण उमादेवी खड्का अक्षयकोष २०७९ बाट सम्मान गरिएको संस्थाका अध्यक्ष विकास खड्काले जानकारी दिए । कार्यक्रम संस्थाका सचिव विदुर खड्काले संचालन गरेका थिए ।

संस्थाले सदस्यहरुलाई वित्तिय सेवाका साथै विभिन्न सामाजिक कार्य गर्दैआएको छ । संस्थाको १७ औं बार्षिक साधारण सभा यही असोज ४ गते ह्ने भएको छ ।



Leave a comment