काठमाडौं । ठाकुरबाबा १ भुरिगाउँ बर्दियामा रहेको सिको बचत तथा ऋण सहकारी संस्थाको ८ औ वार्षिक साधारण सभा भदौ २७ गतेदेखि एकाइगत रुपमा हुनेभएको छ । त्यसैगरी संस्थाको केन्द्रीय माइन्यूट प्रमाणित सभा असोज २ गते हुने जनाएको छ ।
संस्थामा अवद्ध सदस्यहरुलाई साधारण सभामा आफू आबद्ध सेवाकेन्द्रका स्थानहरूमा अनिवार्य उपस्थितिको लागि संस्थाले अनुरोध गरेको छ । सभामा आर्थिक वर्ष २०८१ / ०८२ को लाभांस तथा संरक्षित पूँजीकोष वितरण, भाका नाघेको ऋणको धितो लिलामी गरी ऋण असुली, संस्था एकिकरण, सेवाकेन्द्र मर्ज, हर्जाना छुट तथा अनुमोदनलगायतका प्रस्तावहरु माथि छलफल हुने जनाइएको छ ।
संस्थामा १० हजार ६ सय ५८ जना सदस्य तथा २ हजार ६७ जना ऋणी सदस्य रहेका छन् । ४ करोड ८५ लाख २५ हजार ८०० रुपैंयाँ सेयर पूँजी रहेको संस्थाको २ करोड ३३ लाख ९९ हजार ५६६ जगेडा कोष तथा २ करोड १ लाख ६५ हजार अन्य कोषमा रहेको छ । संस्थाले ४३ करोड ३८ लाख ६९ हजार बचत संकलन गरी ३७ करोड ३५ लाख ऋण लगानीमा रहेको जनाएको छ । संस्थाको ५४ करोड ५ लाख ४९ हजार कूल सम्पति रहेको जनाइएको छ ।
Leave a comment