हाइलाइट

ब्राइट साकोस २७ औं वर्षमा

ब्राइट साकोस २७ औं वर्षमा :: Sahakari Akhabar

काठमाडौं । बाग बजारमा रहेको ब्राइट बचत तथा ऋण सहकारी संस्था २७ वर्षमा प्रवेश गरेको छ । सर्वाङ्गिण विकासका लागि सहकारी, भन्ने मूल नारा सहित २०५६ साल भदौं १४ गते स्थापना भएको संस्था २७ वर्षमा प्रवेश गरेको हो । संस्थामा १ हजार ४४० सदस्य रहेका छन् ।

त्यसैगरी संस्थामा ७ करोड ७७ लाख ७६ हजार सेयर पूँजी, ८ करोड ४४ लाख ६५ हजार जगेडा कोष र ३ करोड ६६ लाख ५ हजार अन्य कोषमा रहेको छ । त्यसैगरी संस्थामा ४७ करोड २३ लाख २ हजार बचत र ५१ करोड ६२ लाख ७६ हजार ऋण लगानीमा रहेको जनाइएको छ ।

६ करोड ४५ लाख ३ हजार सम्पति रहेको संस्थाको १० करोड ९१ लाख ८५ हजार संस्थागत पूँजी र ८२ करोड २८ लाख २६ हजार कूल सम्पति रहेको छ । संस्थामा १५२ जना ऋणी सदस्य रहेका छन् ।



Leave a comment