हाइलाइट

सिन्धु साकोसको १७ औं वार्षिक साधारण सभा भदौ ३१ गते

सिन्धु साकोसको १७ औं वार्षिक साधारण सभा भदौ ३१ गते :: Sahakari Akhabar

काठमाडौं । सिन्धुलिको धुराबजारमा रहेको सिन्धु बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभा यही भदौ ३१ गते मंगलबार गर्ने भएको छ । संस्थाले सूचना जारी गरी संस्थाको बार्षिक साधारण सभा धुराबजार सिन्धुलिमा रहेको कमलामाई पार्टी प्यालेसमा विहान १० बजेदखि हुनेभएकोले सदस्यलाई सकृय सहभागिताकालागि अनुरोध गरेको छ ।

संस्थामा साउन मसान्तसम्म बाल बचतकर्ता सहित ३ हजार ४८८ जना सदस्य रहेका छन् । त्यसैगरी संस्थामा ५६४ जना रहेको जनाइएको छ । संस्थाको सेयर पूँजी ३ करोड ४१ लाख ४४ हजार, जगेडा कोषमा ३ करोड ४३ लाख ९३ हजार ९४० रुपैंयाँ र अन्य कोषमा १ करोड ४२ लाख १२ हजार ६४३ रुपैंयाँ रहेको छ ।

संस्थाले २८ करोड २६ लाख १६ हजार ६३५ रुपैंयाँ बचत गरी २५ करोड ६६ लाख ४९ हजार ५७६ रुपैंयाँ ऋण लगानीमा रहेको जनाएको छ । संस्था संग ३८ करोड ७८ लाख २७ हजार ५९० रुपैंयाँ कूल सम्पति रहेको जनाएको छ ।



Leave a comment