हाइलाइट

श्रीनिधि साकोसले ल्यायो ऋणी सदस्यको बीमा सुरक्षा योजना

श्रीनिधि साकोसले ल्यायो ऋणी सदस्यको बीमा सुरक्षा योजना :: Sahakari Akhabar

काठमाडौं । वीरगंजको श्रीनिधि बचत तथा ऋण सहकारी संस्थाले ऋणी सदस्यहरुलाई लक्षित गर्दै बीमा सुरक्षा योजना ल्याइएको छ । संस्थाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी संगको सहकार्यमा ऋणी सदस्यहरुलाई बीमा योजना ल्याएको हो ।

सोमबार श्रीनिधि बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा आयोजित औपचारिक कार्यक्रममा सहकारीका प्रमुख कार्यकारी अधिकृत चन्देश्वरप्रसाद चौरसिया र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, वीरगंज शाखाका मार्केटिङ अफिसर नरेशकुमार पटेलले सहमती पत्रमा हस्ताक्षर गरेका हुन् ।

सहकारीका प्रमुख कार्यकारी अधिकृत चौरसियाका अनुसार, अब सहकारी मार्फत १० हजारदेखि २५ लाख रुपैयाँसम्म ऋण लिने सदस्यहरुलाई बीमा सुरक्षा सुविधा उपलब्ध हुनेछ । उनले भने, “यस योजनाले ऋणी सदस्यहरुलाई आकस्मिक जोखिमको समयमा सुरक्षा मात्र नभई आर्थिक स्थायित्वमा पनि योगदान पुर्याउनेछ । हाम्रो उद्देश्य सदस्यहरुको हितमा दीर्घकालीन सुरक्षा सुनिश्चित गर्नु हो ।”

चौरसियाले भने, योजना भदौ ९ गतेबाट पूर्णरूपमा कार्यान्वयनमा आएको छ र यसबाट सहकारीका सदस्यहरुले ऋण लिदा मनोबल र आत्मविश्वासमा वृद्धि अनुभव गर्नेछन् । दुबै पक्षले यो सहकार्यलाई प्रारम्भिक कदमका रूपमा लिएर आगामी दिनमा अझ व्यापक र सदस्यमुखी योजनाहरु ल्याउने प्रतिबद्धता जनाएका छन् । साथै, सहकारी संस्थाका अधिकारीहरुले सदस्यहरुको सुझाव, आवश्यकता अनुसार योजना सुधार गर्दै अघि बढ्ने बताइएको छ ।



Leave a comment