काठमाडौं । बौद्ध टुसालमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाले महिला सदस्यलाई नेतृत्व विकास तथा तीज कार्यक्रम गरेको छ ।
संस्थाले नेचुरल नारी बचत योजना सहभागी महिला सदस्यहरुको लागि नेतृत्व विकास एवं हरीतालीका तीज शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो ।
संस्थाका अध्यक्ष शर्मिला शिल्पकारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको आतिथ्यता गोकर्णेश्वर नगरपालिकाकी पूर्व उपमेयर शान्ति नेपालको रहेको थियो ।
कार्यक्रममा संस्थाका विभिन्न गतिविधिहरु, संस्थाको वित्तिय अवस्थाको जानकारी वृत्तचित्र मार्फत प्रबन्धक घनश्याम नेपालले प्रस्तुत गरेका थिए ।
त्यसैगरी महिलाहरुको नेतृत्व बिकासमा नेचुरल सहकारीको भुमिका, संस्थाका बचत योजनाहरु, आगामी कार्ययोजना, संस्थामा सदस्यहरुको भूमिकाका साथै सेवाहरुका बारेमा संस्थाका सचिव विकल्प पाठकले जानकारी गराएका थिए ।
तीज बिशेष कार्यक्रममा सहभागी सदस्यलाई उत्कृष्ट नृत्य बापत सम्मान तथा पुरस्कार समेत प्रदान गरिएको थियो । संस्थाले हरेक वर्ष तीजजस्ता सदस्य जागरण कार्यक्रम गर्दै आएको छ ।
संस्थाले सदस्यलाई हालसम्म झण्डै १५ लाख रुपैंयाँ बराबरको राहत र सुविधा प्रदान गरिसकेको छ । संस्थाले प्रकाशन गरेको साउनको विविरण अनुसार ५५० जना सदस्यलाई विभिन्न शिर्षकमा १४ लाख ९८ हजार ६९९ रुपैंयाँ राहत तथा सुविधा प्रदान गरेको छ ।
संस्थामा १४ हजार ४२३ जना सदस्य रहेका छन् । संस्थामा १६ करोड ४८ लाख ३८ हजार ६०० रुपैंयाँ सेयर पूँजी, १२ करोड ६५ लाख ३२ हजार जगेडा कोष र १३ करोड २२ लाख ४७ हजार अन्य कोषमा रहेको छ ।
संस्थामा २ अर्व ३७ लाख ३८ हजार बचत र १ अर्ब ९८ करोड ९९ लाख ६० हजार १ हजार २२३ जना सदस्यमा ऋण लगानी रहेको जनाइएको छ । संस्थामा १२ करोड ७४ लाख ७ हजार संस्थागत पूँजी र २ अर्ब ९३ करोड २२ लाख २३ हजार कूल सम्पति रहेको छ ।
Leave a comment