काठमाडौं । हरिवन सर्लाहीमा मुख्य कार्यालय रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाले महिला सदस्यको बिस्तारित भेला तथा तिज कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले मुख्य कार्यालय र सेवाकेन्द्रमा फरक फरक दिन बिस्तारित भेला तथा तिज कार्यक्रम गरेको हो ।
मुख्य कार्यालयमा सस्थाको महिला उपसमिति संयोजक बालाकुमारी थापा खड्काको अध्यक्षतामा प्रदेश सभा सदस्य जवहारलाल कुशवाहको मुख्य आतिथ्यता सम्पन्न भएको हो । कार्यक्रममा हरिवन नगर प्रमुख रमेश बुढाथोकी र उपप्रमुख हरिमाया घलान तथा पुर्व सांसद डिल्लीप्रसाद उप्रेतिको आतिथ्यता रहेको थियो । कार्यक्रममा सस्थाका संचालक, लेखा सुपरिवेक्षण समिती, सल्लाहकार, महिला उपसमिती, विभिन्न उपसमितीको सदस्यहरु गरी ३ हजार २०० जना महिला सदस्यहरुको सहभागीता रहेको थियो ।
संस्थाले पहिलो दिन ईश्वरपुर र लालबन्दी सदस्य सेवाकेन्द्रका ४५० जना महिला सदस्यहरुको उपस्थितमा लालबन्दीमा बिस्तारित भेला तथा तिज कार्यक्रम गरेको थियो । लालबन्दी सदस्य सेवाकेन्द्रको संयोजक सुशिलाकुमारी कटुवालको अध्यक्षतामा लालबन्दि वडा न. ७ का वडाध्यक्ष कृष्णकुमार कार्कीको मुख्य आतिथ्यतामा सम्पन्न भएको थियो ।
संस्थाका अध्यक्ष केशवप्रसाद ढकाल, उपाध्यक्ष राजकुमार उप्रेती, सचीव बिनोद कार्की, कोषाध्यक्ष पदमा मोक्तानलगायत लेखा सुपरिवेक्षण समिती, शिक्षा उपसमिती, महिला उपसमिती सदस्यहरु र प्रवन्धक रविन्द्र राना लगायत २५० जना सदस्यहरूको उपस्थित रहेको थियो । संस्थामा ८ हजार ५०३ महिला सहित १३ हजार ७१० जना सदस्य रहेका छन् ।
संस्थाको असार महिनाको विवरण अनुसार १५ करोड ११ लाख ४ हजार सेयर पूँजी, १३ करोड ५३ लाख ८३ हजार जगेडा कोष तथा ७ लाख ७१ हजार अन्य कोषमा रहेको छ । १४ करोड १७ लाख ४१ हजार संस्थागत पूँजी रहेको संस्थामा १ अर्ब ३३ करोड २२ लाख बचत तथा १ अर्ब १९ करोड ९७ लाख ऋण लगानीमा रहेको जनाइएको छ । संस्थाको कूल सम्पति १ अर्ब ७५ करोड १५ लाख १४ हजार रहेको छ । संस्थामा १ हजार ६८९ जना ऋणी सदस्य रहेका छन् ।
Leave a comment