काठमाडौं । धादिङ जिल्ला बचत तथा ऋण सहकारी संघको प्रमुख व्यवस्थापकमा कविन्द्र धौबन्जार नियुक्त भएका छन् । संघमा कार्यरत प्रमुख व्यवस्थापक गोकर्ण दुवाडीको विदाई संगै धौबन्जार नियुक्त भएका हुन् । भदौ ४ गते देखि लागु हुनेगरी कवीन्द्र धौबन्जार संघको प्रमुख व्यवस्थापक पदमा नियुक्ती भएका हुन ।
धौबन्जारलाइ संघकी अध्यक्ष सीता दुवाडीले प्रमुख व्यवस्थापकको नियुक्ती पत्र प्रदान गरेकी छन् । नव नियुक्त प्रमुख व्यवस्थापकको स्वागतसंगै संघमा विगत ५ वर्ष देखि प्रमुख व्यवस्थापकको रुपमा रहेका गोकर्ण दुवाडी बिदा भएका छन् । प्रमुख व्यवस्थापक धौबन्जार यस अघि काठमाडौंको चन्द्रागिरी साकोसका साहायक प्रमुख कार्यकारी अधिकृत र भक्तपुरको सामुहिक साकोसका प्रमुख कार्यकारी अधिकृत रहिसकेका छन् ।
Leave a comment