काठमाडौं । बर्दिवास महोत्तरीमा रहेको बर्दिवास बचत तथा ऋण सहकारी सस्थाले सदस्य बिस्तारित भेला तथा तिज कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको पर्व बचत योजनामा सहभागि महिला सदस्यहरुको लागि बिस्तारित भेला तथा तिज बिशेष कार्यक्रम गरेको हो ।
कार्यक्रम सस्थाको महिला उपसमिति संयोजक सरिता गौतमको अध्यक्षतामा सस्थाका वरिष्ठ उपाध्यक्ष राम नरेश महतोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सस्थाका संचालक, लेखा सुपरिवेक्षण समिति, महिला उपसमिति, विभिन्न उपसमितीका सदस्यहरु तथा कर्मचारिहरु समेत करिव सयजना महिला सदस्यहरुको सहभागिता रहेको संस्थाका मुख्य ब्यवस्थापक रमेशबहादुर सिंहले जानकारी दिए ।
संस्थामा ३ हजार ६ सय सदस्य कुल सदस्य मध्ये १ हजार ५८५ जना महिला सदस्य रहेका छन् । संस्थामा २ करोड ३८ लाख ४३ हजार सेयर पूँजी, १ करोड ५६ लाख ८३ हजार जगेडा कोष र २ करोड ८२ लाख ३८ हजार अन्य कोषमा रहेको छ ।
२३ करोड ६३ लाख १६ हजार कूल सम्पति सहेको संस्थाको १ करोड ५६ लाख ८३ हजार संस्थागत पूँजी रहेको छ । संस्थाले १६ करोड ८६ लाख २७ हजार बचत संकलन गरी १७ करोड २५ लाख २४ हजार ऋण लगानीमा रहेको जनाएको छ । संस्थामा ५६७ जना ऋणी सदस्य रहेका छन् ।
Leave a comment