काठमाडौं । बनेपामा रहेको चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाले जेष्ठ सदस्य पिता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले ७५ बर्ष माथिका जेष्ठ पुरुष सदस्यहरुलाई यहि कुशे औँशीको अवसरमा सम्मान गरेको हो । कार्यक्रममा संस्थामा आवद्ध ७५ बर्ष माथिका ११५ जना जेष्ठ पुरुष सदस्यलाई साकोसले सम्मान गरेको छ ।
संस्थाको महिला विकास उप समितिको संयाजकत्व तथा संस्थाका अध्यक्ष नविनभक्त बादे श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्रि कञ्चनचन्द्र बादेको प्रमुख अतिथ्यता रहेको थियो ।
कार्यक्रममा जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष अमन पोटे श्रेष्ठ, बनेपा वडा नं ८ का अध्यक्ष शुभलक्ष्मी मानन्धर, जेष्ठ नागरिक जिल्ला संघ काभ्रेका अध्यक्ष शिद्धि बहादुर कर्मचार्य, संचारकर्मी लक्ष्मण तिमसिको आथित्यता रहेको थियो ।

त्यसैगरी संस्थाले उत्कृष्ट बित्तिय कारोबार मार्फत संरक्षित पूँजी फिर्ता कोषबाट उच्चतम रकम प्राप्त गर्ने ३ जना जेष्ठ सदस्यहरुलाई बिषेश सम्मान गरेको छ । कार्यक्रमको संचालन नाला सेवाकेन्द्र प्रमुख नविना श्रेष्ठले गरेकी थिइन ।
संस्थाले हरेक बर्ष जेष्ठ सदस्य सम्मान कार्यक्रम गर्दै आएको छ । कुशेँ आँैशिको अवसरमा पिताहरुलाई र मातातिर्थ आँैशिको अवसरमा आमाहरुलाई सम्मान गर्ने गरेको छ ।
कार्यक्रमको अवसरमा चण्डेश्वरी साकोस परिवारद्धारा यस संस्थाका पुर्व उपाध्यक्ष तथा बागमती प्रदेश सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादेलाई सम्मान गरेको थियो ।
Leave a comment