हाइलाइट

कर्णाली साकोसका १५ हजार सदस्यलाई ऋण लगानी

कर्णाली साकोसका १५ हजार सदस्यलाई ऋण लगानी :: Sahakari Akhabar

काठमाडौं । बिर्तामोड झापामा रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले १५ हजार बढी सदस्यलाई ऋण लगानी गरेको छ । संस्थाले आव ०८१÷०८२को असार मसान्तमा प्रकाशन गरेको विवरण अनुसार संस्थाका ६० हजार ७५० जना जम्मा सदस्य मध्ये १५ हजार १३ जना ऋणी सदस्यमा ऋण लगानी गरेको जनाएको छ ।

संस्थाले यस अवधिसम्ममा ३ अर्ब ८६ करोड ७८ लाख १० हजार ऋण लगानीमा रहेको जनाएको छ । त्यसैगरी संस्थामा ५५ करोड ८५ लाख ३८ हजार शेयर पूँजी तथा १५ करोड ९० लाख ३१ हजार जगेडा कोष र १५ करोड ४८ लाख ९८ हजार अन्य कोषमा रहेको छ ।

संस्थामा ३ अर्ब ४९ करोड ६८ लाख ४२ हजार रुपैंयाँ बचत र १८ करोड १० लाख २८ हजार संस्थागत पूँजी रहेको संस्थाको ४ अर्ब ७४ करोड १३ लाख ५८ हजार  कूल सम्पति रहेको छ । तीनवटा जिल्ला झापा, मोरङ्ग र ईलाम कार्यक्षेत्र रहेको संस्थाका ४२ वटा सेवाकेन्द्र संचालनमा रहेका छन् ।



Leave a comment