काठमाडौं । बालिमाटिमा रहेको तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्थाले तीज कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले भदौ ४ गते बुधवार सदस्यहरु माझ सन्देशमुलक सदस्य सहकारी शिक्षा तथा हरितालिका तीज कार्यक्रम गरेको हो ।
संस्थाको आयोजनामा महिला विकास उपसमिति र शिक्षा उपसमितिको संयोजनमा उक्त कार्यक्रम सम्पन्न गरेको जनाएको छ । संस्थाले प्रकाशन गरेको साउनको विवरण अनुसार संस्थामा २ हजार ५०९ जना सदस्य रहेका छन् ।
त्यसैगरी संस्थाको शेयर पूँजी ८ करोड १० लाख ९७ हजार २०० रुपैंयाँ र जगेडा कोषमा ८ करोड ६२ लाख ७९ हजार २१८ तथा १ करोड ९५ लाख ६२ हजार ९२२ रुपैंयाँ अन्य कोषमा रहेको जनाएको छ । त्यसैगरी संस्थाले ६४ करोड १९ लाख ९७ हजार २५२ रुपैंयाँ बचत संकलन गरी ५९ करोड ८ लाख ३२ हजार ७५४ रुपैंयाँ ऋण लगानीमा रहेको जनाएको छ ।
१० करोड ४१ लाख २५ हजार २७२ रुपैंयाँ संस्थागत पूँजी रहेको संस्थाको ८८ करोड १७ लाख ३१ हजार कूल सम्पति रहेको छ भने ३८.९५ प्रतितशत तरलता र ६१६ जना ऋणी सदस्य रहेका छन् ।
Leave a comment