हाइलाइट

शिक्षक कल्याण साकोसले ६ प्रतिशतमा ऋण लगानी गर्ने

शिक्षक कल्याण साकोसले ६ प्रतिशतमा ऋण लगानी गर्ने :: Sahakari Akhabar

काठमाडौं । चरिकोट दोलखामा रहेको शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाले ऋण लगानीको ब्याजदर घटाएको छ । संस्थाले ६ प्रतिशत देखि १०.२५ सम्म ब्याजदर कायम गरेको छ । संस्थाले विषेश सापटी ऋण ६ प्रतिशत ब्याजदरमा लगानी गर्ने भएको हो ।

संस्थाले प्रकाशन गरेको सूचना अनुसार शिक्षक आवास ऋण ७.२५ प्रतिशत, शिक्षक सहुलियत ऋण ८.२५, सरल कर्जा ८.७५, मासिक किस्तामा ९.२५ र त्रैमासिक किस्तामा १०.२५ प्रतिशत ब्याजदर कायम गरेको छ । संस्थाले १५ वर्षसम्मका लागि ९५ लाखसम्म लगानी गर्ने जनाएको छ ।

संस्थाले प्रकाशन गरेको साउन महिनाको विवरण अनुसार १ हजार ८७२ कूल सदस्य र ४६६ जना ऋणी सदस्य रहेका छन् । संस्थाको शेयर पूँजी २ करोड ८६ लाख २५ हजार ४ सय रहेको छ । ३ करोड ३२ लाख ४९ हजार ७०५ रुपैंयाँ जगेडा कोषमा रहेको संस्थामा १ करोड ९६ लाख ४३ हजार १०१ रुपैंयाँ अन्य कोषमा रहेको जनाइएको छ ।

संस्थामा २५ करोड ९८ लाख ३ हजार ४७२ रुपैंयाँ बचत र १९ करोड ६१ लाख ६१ हजार ५७९ रुपैयाँ ऋण लगानीमा रहेको जनाएको छ । त्यसैगरी ३ करोड ५४ लाख ५ हजार ३३३ संस्थागत पूँजी रहेको संस्थाको ३४ करोड ४६ लाख ९ हजार ९७५ कूल सम्पति रहेको छ ।

त्यसैगरी संस्थाको २८ औं बार्षिक साधारण सभा यही भदौं १४ गतेदेखि एकाइगत रुपमा सुरु गरेर २८ गते प्रमाणिकरण सभा गर्ने जनाएको छ । साधारण सभाको अवसरमा संस्थाले यो वर्षको एसइइ र कक्षा १२ मा ३.६ जिपिए प्राप्त सदस्यका छोराछोरीलाई सम्मान गर्ने जनाएको छ । 
 



Leave a comment