हाइलाइट

सिको साकोसद्धारा सदस्यको परिवारलाई राहत वितरण

सिको साकोसद्धारा सदस्यको परिवारलाई राहत वितरण :: Sahakari Akhabar

काठमाडौं । भुरी गाँउमा बर्दियामा रहेको सिको बचत तथा ऋण सहकारीले सदस्यलाई राहत वितरण गरेको छ । संस्थाले सदस्यको जन्मदेखि मृत्युसम्मको साथी अन्तर्गत सदस्यको मृत्युमा परिवारलाई राहत प्रदान गरेको हो । ठाकुरबाबा न.पा. ८ भुड्कैया निवासी संस्थाको सदस्य नं ६६५४ अनिल थारूको केहीदिन अघि असमायिक निधन भएकोले समवेदना सहित पारिवारिक राहत हकवाला घरपरिवारका सदस्यलाई प्रदान गरेको हो ।

संस्थामा असार मसान्तको विवरण अनुसार नावालक बचतकर्ता २ हजार १६६ जना तथा १० हजार ६६२ जना जम्मा सदस्य रहेका छन् । संस्थाले सदस्यलाई राहतकोष मार्फत सहयोग गर्दैआएको छ । संस्थामा ४ करोड ८४ लाख ७७ हजार ३ सय रुपैंयाँ सेयर पूँजी रहेको छ ।

त्यसैगरी २ करोड ३३ लाख ९९ हजार ५६६ जगेडा कोष रहेको संस्थाको २ करोड १ लाख ६९ हजार ३३२ रुपैंयाँ अन्य कोषमा रहेको छ । संस्थाले ४३ करोड २९ लाख ६० हजार बचत संकलन गरी ३७ करोड ६३ लाख ४६ हजार ऋण लगानीमा रहेको जनाएको छ । संस्थाको ५३ करोड ७५ लाख ६२ हजार ६१३ रुपैंयाँ कुल सम्पति रहेको जनाएको छ ।



Leave a comment