हाइलाइट

आइडियल साकोसको दुईदिने वित्तीय विश्लेषण तालिम सम्पन्न

आइडियल साकोसको दुईदिने वित्तीय विश्लेषण तालिम सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । राजविराज ४ सप्तरीमा रहेको आइडियल बचत तथा ऋण सहकारी संस्थाले वित्तीय विश्लेषण तालिम सम्पन्न गरेको छ । भदौ २ गतेदेखि ३ गतेसम्म संस्थाले वित्तीय विश्लेषण तथा मापदण्ड विषयक तालिम आयोजना गरेको हो ।

तालिम सहकारी प्रशिक्षक केशवप्रसाद पोखरेलले सहजीकरण गरेका थिए । तालिममा संचालक समितिका अध्यक्ष गणेशकुमार आश लगायत संचालक तथा लेखा सुपरिवेक्षण समितिका पदिाधिकारीका साथै उच्च व्यवस्थापन तहका कर्मचारीहरुको सहभागिता रहेको थियो । १७ हजार ६८६ जना सदस्य रहेको संस्थाको शेयर पूँजी १२ करोड २५ लाख ६२ हजार रहेको छ ।

संस्थाले १ अर्ब १३ करोड ३१ लाख १८ हजार बचत संकलन गरी ७४ करोड २२ लाख ७८ हजार ऋण लगानीमा रहेको जनाएको छ । त्यसैगरी संस्थामा १ हजार २३० जना ऋणी सदस्य रहेका छन् भने  जगेडा कोषकमा १२ करोड ५२ लाख ७४ हजार र अन्य कोषमा ८ करोड ३७ लाख ६ हजार रहेको छ ।

संस्थाको १ अर्ब ५० करोड ३४ लाख ९३ हजार कूल सम्पति रहेको छ । संस्थाका ब्यवस्थापक विनोदकुमार साफी हालै सम्पन्न नेफ्स्कूनको ३८ औं स्थापना दिवसमा मधेश प्रदेशबाट उत्कृष्ट ब्यवस्थापकबाट सम्मानित भएका हुन् ।



Leave a comment