काठमाडौं । तीनकुनेमा मुख्य कार्यालय रहेको हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाले स्थापना दिवसको अवसरमा निशुल्न दन्त शिविर संचालन गरेको छ । संस्थाको १६ औँ स्थापना दिवसको अवसरमा निशुल्क दन्त शिविर तथा भवन उद्धघाटन गरेको हो ।
गत शुक्रबार संस्था १६ वर्ष प्रवेस गरेको अवसरमा संस्थाका परिकल्पनाकार तथा अध्यक्ष सागरप्रसाद बख्रेलले हिलटप सहकारीको भवन उदघाटन गरेका थिए । त्यसैगरी यसै अवसरमा सजल डेन्टल क्लिनिकको प्राविधिक सहयोगमा सदस्यहरुलाई निशुल्क दन्त शिविर कार्यक्रम पनि गरेको छ ।
कार्यक्रममा जडिबुटी केन्द्रीय सहकारी संघका अध्यक्ष इश्वरीप्रसाद पाण्डेलगायत संस्थाका सल्लाहकार, संस्थापकहरू, संचालक समिति, लेखा समिति, उपसमिति, पुर्व अध्यक्ष एवं संचालकहरुका साथै शेयर सदस्य र कर्मचारीहरूको सहभागिता रहेको संस्थाका अध्यक्ष बख्रेलले जानकारी दिए ।
संस्थाले सदस्यलाई वित्तिय सेवाका साथै उपभाक्ता पसल संचालनका साथै संस्थाले सिन्धुलीमा दुग्घ डरी संचालन गरिरहेको जानकारी दिए । सिन्धुलि जिल्लाको गोलोञ्जर गाउपालिकाका वडा नं. ३, ५ र ६ का किसानहरुलाई पशुपालनमा लगानी गरी उनीहरुबाट उत्पादित दुग्ध संकलन गरेर सदस्यलाई आत्म निर्भर बनाइरहेको अध्यक्ष बख्रेलले जानकारी दिए ।
उनले सिन्धुलिमा उत्पादित जुनार, स्थानीय उत्पादनहरु मह, घिउलगायतको संस्थाले बजारिकरण गरिरहेको जनाए । संस्थामा ३ हजार ३१ सय सदस्य रहेको संस्थाको काठमाडौंको जोरपाटी, भोटाहिटी र सिन्धुलिको गोलञ्जोरमा सदस्य सेवाकेन्द्र रहेको छ ।
Leave a comment