काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले स्थापना दिवसमा विभिन्न डेढदर्जन बढी विधामा सम्मान पुरस्कार प्रदान गरेको छ । नेफ्स्कूनले ३८ औं स्थापना दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा विभिन्न विधामा पुरस्कार तथा सम्मान प्रदान गरेको हो ।
नेफ्स्कूनले यस बर्षको संस्थापक अध्यक्ष पुरस्कार संघका पूर्व सञ्चालक ताराबहादुर काफ्लेलाई प्रदान गरेको छ । त्यसैगरी नेफ्स्कून अग्रज व्यक्तित्व सम्मान नेफ्स्कून पूर्व सञ्चालक सोमराज खनिया, नेफ्स्कून उत्कृष्ट व्यवस्थापक पुरस्कार सामुहिक साकोस रुपन्देहीका देवराज ज्ञवालीलाई र नेफ्स्कून पत्रकारिता पुरस्कार कारोबार राष्ट्रिय दैनिककी कौशिला कुँवरलाई प्रदान गरेको छ ।
त्यसैगरी नेफ्स्कून प्रदेशस्तरीय उत्कृष्ट व्यवस्थापकमा कोशी प्रदेशबाट महिला साकोसकी सिईओ जुनुसा पुरी, मधेश प्रदेशबाट आइडियल साकोसका व्यवस्थापक विनोदकुमार साफी, बागमती प्रदेशबाट हाम्रो साकोसका सिईओ इन्द्र घिमिरे, गण्डकी प्रदेशबाट गौरीशंकर साकोसका सिईओ डम्बर सिंह बस्नेत, लुम्बिनी प्रदेशबाट विजय फूलावारी साकोसका व्यवस्थापक प्रकाश बैद्य, कर्णाली प्रदेशबाट वीरेन्द्रनगर साकोसका सिईओ छत्रबहादुर थापा र सूदुरपश्चिम प्रदेशबाट जगन्नाथ महिला साकोसकी व्यवस्थापक दुर्गा ठगुन्नालाई पुरस्कार तथा सम्मान प्रदान गरेको हो ।
त्यसैगरी नेफ्स्कून प्रदेश स्तरीय उत्कृष्ट साकोसहरुमा कोशी प्रदेशबाट महाभारत जेफाले साकोस, मध्येश प्रदेशबाट तामागढी साकोस, बागमती प्रदेशबाट श्रोत परिचालन साकोस, गण्डकी प्रदेशबाट हातेमालो साकोस लमजुङ, लुम्बिनी प्रदेशबाट लेकाली स्वाबलम्वन साकोस, कर्णाली प्रदेशबाट डिग्रे शाईकुमारी साकोस र सुदुरपश्चिम प्रदेशबाट मोहना लालझाडी साकोस सम्मानित भएका छन् ।
त्यसैगरी नेफ्स्कून सर्वोत्कृष्ट साकोसमा बुडोल सामुदायिक साकोस बनेपा, नेफ्स्कून उत्कृष्ट बचत संघमा रुपन्देही जिल्ला बचत तथा ऋण सहकारी संघ रुपन्देही र नेफ्स्कून राईफाईसन क्रेडिड युनियन पुरस्कार अष्ट्रेलियन म्युच्युअल बैंकका निर्देशक मार्क वोर्थिङ्टन लाई प्रदान गरेको छ ।
त्यसैगरी नेफ्स्कून उत्कृष्ट कर्मचारी व्यवसाय अधिकृत राधाकुमारी पोखरेल र नेफ्स्कून उत्कृष्ट सेवा सञ्चालन प्रशंसा (प्रविधि)मा सगुन साकोस बर्दियाले प्राप्त गरेका छन् । नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी रहेका थिए ।
नेफ्स्कूनले विगतमा स्थापना दिवसको अवसरमा पुरस्कार तथा सम्मान घोषणा गरी साधारण सभाको अवसरमा प्रदान गर्दै आएको यस बर्षबाट भने स्थापना दिवसकै अवसरमा प्रदान गर्न सुरु गरेको हो । कार्यक्रममा देशभरिका साकोस अभियानकमर्मीको सहभागिता रहेको थियो ।
Leave a comment