काठमाडौं । शान्तिनगरमा मुख्य कार्यालय बाबियाखर्क वचत तथा ऋण सहकारी संस्थाले जोरपाटी सेवाकेन्द्रका सदस्यलाई वित्तीय साक्षरताका साथै तीज कार्यक्रम गरेको छ । संस्थाले साउन २५ गते सदस्य सेवा केन्द्र जोरपाटी अन्तर्गतका तीज विशेष बचतमा आवद्ध सदस्यहरूका लागि तीज विशेष वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।
पिस ब्याङक्वेट जोरपाटीमा भएको कार्यक्राममा चालक संसमिति सदस्य एवं महिला उपसमिति संयोजक श्रीभा नेपाल (न्यौपाने)को संयोजन रहेको थियो । कार्यक्रममा ९५ जना सदस्यहरुको सहभागीता रहेको थियो । कार्यक्रममा संस्थाकी सेवाकेन्द्र व्यवस्थापन उपसमिति सदस्य पूजा कोइरालाले स्वागत मन्तव्य राखेकी थिइन् ।
उनले संस्थाले आयोजना गरेको तीज बिशेष बित्तीय साक्षरता कार्यक्रमले संस्थागत तथा वित्तीय साक्षरताका विषयवस्तुहरुमा जानकारी गराई मौलिक संस्कृति सम्बद्र्धन गर्न युवा पिढीलाई उत्प्रेरित गरेको बताइन् ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत बल्देबकुमार पौड्यालले वित्तीय साक्षरताका विषयवस्तुहरुमा सहभागी सदस्यहरुलाई सहजीकरण गरेका थिए । संस्थाकी कर्मचारी रञ्जिता गिरी (पोखरेल)ले संचालन गरेको कार्यक्रममा निःशुल्क दरखाने कार्यक्रम रहेको थियो ।
Leave a comment