काठमाडौं । लम्कीचुहा नगरपालिका १ लम्की कैलालीमा मुख्य कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले सहकारी शिक्षा तथा तीज मिलन कार्यक्रम गरेको छ । संस्थाले केन्द्रीय कार्यालयका साथै सेवाकेन्द्रका सदस्यलाई सहकारी शिक्षा तथा तीज मिलन कार्याक्रम गरेको हो ।
साउन १२ गतेदेखि निरन्तर सदस्यमाझ उक्त कार्यक्रम गर्दैआएको संस्थाले साउन २५ गते कमलबजार, आलिताल, अत्तरिया, राजीपुर बेलौरी, भजनी, चौमाला, बौनिया, दैजी, धनगढी, जोरायल, जोशीपुर, कृष्णपुर लम्की, मोतिचोक, पाटन, पथरैया, मसुरैया, सहजपुर, शिखर, शुक्लफाँटा, सुखड, टिकापुर, प्रतापपुरलगायतका सेवाकेन्द्रका सदस्य बिच सदस्य शिक्षा तथा तीज मिलन कार्यक्रम गरेको हो ।
संस्थाले प्रत्येक शाखामा सदस्यहरूलाई सहकारीसम्बन्धी महत्वपूर्ण शिक्षा र जानकारी प्रदान गरिनुका साथै हरितालिका तीजको अवसरमा शुभकामना आदानप्रदान र रमाइलो मिलन समारोह सम्पन्न भएको संस्थाका महाप्रवन्धक डम्बरबहादुर शाहाले जानकारी दिए ।
संस्थाका ४० वटा सेवाकेन्द्र रहेका छन् भने ८९ हजार ७६१ जना जम्मा सदस्य तथा २९ हजार ५८८ जना ऋणी सदस्य रहेका छन् । संस्थाले प्रकाशन गरेको असार मसान्तसम्मको विवरण अनुसार ५० करोड ४३ लाख ९ हजार ६ सय रुपैंयाँ सेयर पूँजी रहेको छ ।
संस्थाको जगेडा कोषमा ३५ करोड ७२ लाख २७ हजार र ७५ करोड ५१ हजार अन्य कोषमा रहेको छ । त्यसैगरी संस्थाले ४ अर्ब ६६ करोड २ लाख ५६ हजार बचत तथा ४ अर्ब ९४ करोड ८० लाख ५३ हजार ऋण लगानीमा रहेको जनाएको छ ।
३८ करोड ९३ लाख ४५ हजार संस्थागत पूँजी रहेको संस्थाको कूल सम्पत्ति ६ अर्ब ६८ करोड ५४ लाख ४२ हजार रहेको छ । संस्थामा ३०७ जना कर्मचारी रहेका छन् ।
Leave a comment