हाइलाइट

सदस्यको सुस्वास्थ्यको लागि लाख बत्ति बाल्दै सज्जन महिला साकोस

सदस्यको सुस्वास्थ्यको लागि लाख बत्ति बाल्दै सज्जन महिला साकोस :: Sahakari Akhabar

काठमाडौं । कपनमा रहेको सज्जन महिला बचत तथा ऋण सहकारी संस्थाले सदस्यको सुस्वास्थ्यको लागि लाख बत्ति बाल्ने कार्यक्रम आयोजना गरेको छ । संस्थाले आफ्ना सदस्य तथा शुभचिन्तकहरुको सुस्वास्थ्य, दिर्धायु तथा प्रगतीको कामना गर्दै लाख वत्ति बाल्ने कार्यक्रम आयोजना गरेको हो ।

संस्थाले साउन २८ गते गुह््येश्वरी परिसरमा उक्त कार्यक्रमको आयोजना गरेको छ । सदस्य तथा शुभचिन्तकहरुको सुस्वास्थ्य, दिर्धायु तथा प्रगती साथै आत्मा, समाज र सभ्यताको पूनर्जागरणका लागि लाख बत्ति बाल्ने कार्यक्रम राखेको संस्थाले जनाएको छ ।

कार्यक्रमकी संयोजक श्यामा गुरुङ रहेकी छन् भने कार्यक्रममा भजन कृतन समेत हुने जनाइएको छ । संस्थामा १ हजार ६८९ जना सदस्य रहेका छन् । त्यसैगरी संस्थामा २७९ जना ऋणी सदस्य छन् । संस्थाले प्रकाशन गरेको असार मसान्तसम्मको वित्तिय विवरण अनुसार १ करोड ५९ लाख ६१ हजार ४ सय रुपैंयाँ सेयर पूँजी,१ करोड १९ लाख २५ हजार ८७९ रुपैंयाँ जगेडा कोष तथा ९१ लाख ७४ हजार ४१७ रुपैंयाँ अन्य कोषमा रहेको छ ।

त्यसैगरी संस्थामा ११ करोड ४५ लाख ४३ हजार ४२८ रुपैंयाँ बचत तथा ९ करोड ५५ लाख ८३ हजार ८२५ रुपैंयाँ ऋण लगानीमा रहेको छ । संस्थाको कुल सम्पति १५ करोड ४० लाख २१ हजार रुपैंयाँ रहेको संस्थाकी ब्यवस्थापक नगिना सिंह भण्डारीले जनाएकी छन् ।



Leave a comment