हाइलाइट

ग्रामिण बाल्मिकी साकोसका सदस्यलाई ७ प्रतिशत ब्याजदरमा आयआर्जन ऋण 

ग्रामिण बाल्मिकी साकोसका सदस्यलाई ७ प्रतिशत ब्याजदरमा आयआर्जन ऋण  :: Sahakari Akhabar

काठमाडौं । बर्दघाट नवलपरासीको ग्रामिण बाल्मिकी बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई ७ प्रतिशत ब्याजदरमा ऋण लगानी गर्ने भएको छ । संस्थाले सूचना प्रकाशन गरी आयआर्जन ऋण अन्तर्गत ७ प्रतिशत ब्याजदरमा ऋण लगानी गर्ने जनाएको हो ।

त्यसैगरी संस्थाले विभिन्न शिर्षकमा ७ प्रतिशत देखि १२ प्रतिशत ब्याजदर कायम गरेको छ । कृषि तथा पशुपालन, उद्यमी ऋण र ग्रामिण विषेश ऋणमा ८ प्रतिशत ब्याजदर कायम गरेको छ । त्यसैगरी हायर पर्चेज स्वरोजगार ऋणमा ९ प्रतिशत, ब्यापार तथा सेवा ब्यवसाय, वैदेशिक रोजगार, शैक्षिक, सुविधा र ब्यवसाय गतिशिल ऋणमा १० प्रतिशत ब्याजदर कायम गरेको छ ।

त्यसैगरी हायर पर्चेज निजी सवारी साधान र ब्यवसाय प्रवद्र्धन ऋणमा ११ प्रतिशत तथा ग्रामिण स्वरोजगार, आवस निर्माण तथा घर जग्गा खरिद र लघुउद्यमा ऋण १२ प्रतिशत ब्याजदरमा लगानी गर्ने संस्थाका सूचना अधिकारी शुसिल पौडेलले जानकारी दिएका छन् ।

संस्थाले बचतमा २ देखि ५ प्रतिशतसम्म ब्याज प्रदान गर्ने जनाएको छ । संस्थामा १२ हजार ६३६ जना जम्मा सदस्य र २ हजार ३८६ जना ऋणी सदस्य रहेका छन् । संस्थाको असार मसान्तसम्मको वित्तिय बिवरण अनुसार कूल सम्पति १ अर्ब २३ करोड २६ हजार ६०३ रुपैंयाँ रहेको छ ।

संस्थाको शेयर पूँजी ८ करोड १६ लाख ६ हजार १०० रुपैंयाँ रहेको छ भने जगेडा कोषमा ९ करोड ३७ लाख २९ हजार ९८७ रुपैंयाँ तथा विभिन्न कोषहरुमा २३ लाख ३३ हजार ८०६ रुपैंयाँ रहेको जनाइएको छ । त्यसैगरी संस्थाले ९७ करोड २३ लाख ९२ हजार २३३ रुपैंयाँ बचत संकलन गरी ७८ करोड ९३ लाख २९ हजार २१ रुपैंयाँ ऋण लगानी गरेको जनाएको छ ।

संस्थाले १ करोड ३९ लाख ६० हजार ४७३ रुपैंयाँ वित्तिय लगानी गरेको छ भने संस्थागत पूँजी ९ करोड ३७ लाख २९ हजार ९८७ रुपैंयाँ र संस्थामा ३५ करोड ७५ लाख ८४ हजार ५८६ रुपैंयाँ अर्थात ३६.७७ प्रतिशत तरलता रहेको जनाइएको छ ।



Leave a comment