हाइलाइट

आईडियल साकोस २७ औं वर्षमा प्रवेश

आईडियल साकोस २७ औं वर्षमा प्रवेश :: Sahakari Akhabar

काठमाडौं । राजविराज सप्तरीमा मुख्य कार्यालय रहेको आईडियल बचत तथा ऋण सहकारी संस्था २७ औं वर्षमा प्रवेश गरेको छ । संस्थाले २७ वर्ष प्रवेश गरेको अवसरमा संस्थाका अध्यष गणेश आशले  संस्थालाई प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा साथ, सहयोग र हौसाल प्रदान गर्ने सम्पूर्ण शेयर सदस्य, स्थानीय समुदाय, विभिन्न संघ÷संस्थालाई धन्यवाद ज्ञापन गरेका छन् ।

सहकारी मूल्य मात्यता र सिद्धान्त अनुरुप संस्थाको सेवा सुविधा, गुणस्तरियता र विश्वाशनियतामा पूर्ण सचेत रहि सदस्यको सेवामा समर्पित रहने प्रतिवद्धता ब्यक्त गरेको छ । संस्थाको पछिल्लो वित्तिय विवरण अनुसार असार मसान्त सम्ममा संस्थामा १७ हजार ६ सय ८६ जना शेयर सदस्यबाट १२ करोड २५ लाख ६२ हजार रुपैयाँ शेयर पुँजी जम्मा रहेको छ ।

यसैगरी संस्थाले १ अर्ब १३ करोड ३१ लाख १८ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ हजार २ सय ३० जना सदस्यलाई विभिन्न प्रयोजनका लागि ऋण प्रदान गरेको छ । यस्तै संस्थाको साधारण जगेडा कोषमा १२ करोड ५२ लाख ७४ हजार रुपैयाँ, विभिन्न कोषहरुमा ८३ करोड ७ लाख ६ हजार रुपैयाँ, कुल संस्थागत पुँजी १३ करोड १२ लाख ५५ हजार रुपैयाँ र कुल सम्पत्ति १ अर्ब ५० करोड ३४ लाख ९३ हजार रुपैयाँ पुगेको छ ।

संस्थाले २६ वर्षको अवधिमा उत्कृष्ट सदस्य सेवा प्रदान गरेवापत पटक–पटक विभिन्न संघ / संस्थाहरुबाट पुरस्कृत समेत भएको छ । सप्तरीको हनुमान नगर र पातो बजारमा सदस्य सेवा केन्द्र मार्फत सेवा प्रवाह गर्दै आएको संस्थाले सदस्यहरुलाई उत्कृष्ट वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गर्दै आएको छ ।



Leave a comment