हाइलाइट

सहारा नेपाल साकोसको कूल सम्पति सवा १८ अर्ब नाघ्यो

सहारा नेपाल साकोसको कूल सम्पति सवा १८ अर्ब नाघ्यो :: Sahakari Akhabar

काठमाडौं । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको कूल सम्पति सवा १८ अर्ब नाघेको छ । संस्थाको पछिल्लो वित्तिय बिवरण अनुसार संस्थाको कूल सम्पति १८ अर्ब ३३ करोड २४ लाख ३४ हजार ४१२ रुपैंयाँ पुगेको हो ।

संस्थाले प्रकाशन गरेको असार महिनाको वित्तिय विवरण अनुसार संस्थामा १ लाख ९२ हजार २४० जना सदस्य रहेका छन् भने ६६ हजार ३४८ जनाले संस्थाबाट विभिन्न शिर्षकमा ऋण लगानी गरेकोे जनाइएको छ । ६ वटा जिल्ला कार्यक्षेत्र रहेको संस्थाको शेयर पूँजी १ अर्ब ६९ करोड ७५ लाख २८ हजार ९०० रुपैंयाँ रहेको छ ।

त्यसैगरी संस्थाको जगेडा कोषमा १ अर्ब २६ करोड ३६ लाख १७ हजार ४९२ रुपैंयाँ तथा विभिन्न कोषहरुमा ७० करोड ६६ लाख ७९ हजार ७१३  रुपैंयाँ रहेको जनाइएको छ । त्यसैगरी संस्थाले १४ अर्ब १५ करोड ७६ लाख ८७ हजार ७२७ रुपैंयाँ बचत संकलन गरी ११ अर्ब ४७ करोड २७ लाख ३१ हजार ५५२ रुपैंयाँ ऋण लगानी गरेको जनाएको छ ।

त्यसैगरी संस्थाले ३९ करोड २० लाख रुपैंयाँ अल्पकालिन लगानी गरेको छ । बाह्य ऋण शुन्य रहेको संस्थाको संस्थागत पूँजी १ अर्ब ३० करोड ३४ लाख ७१ हजार २९७ रुपैंयाँ र संस्थामा ५ अर्ब १२ करोड ६१ लाख ६० हजार २०२ रुपैंयाँ अर्थात ३६.२१ प्रतिशत तरलता रहेको जनाइएको छ ।



Leave a comment