काठमाडौं । प्राधिकरणको कार्यकारी निर्देशकमा सहसचिव शेषनारायण पौडेल र निर्देशकमा उपसचिव ज्ञाननाथ ढकाल नियुक्त भएका छन् ।
आज साउन १८ गते प्राधिकरणका अध्यक्ष डा.खगराज शर्माले नियुक्त भएका कार्यकारी निर्देशक र निर्देशकलाई प्राधिकरणमा स्वागत गरेका छन् ।
अध्यक्ष शर्माले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि गठित प्राधिकरणको महत्वलाई प्रभावकारी बनाउन हामी सवैले कार्यबोधका साथ नतिजामूखि परिणामको लागि काम गर्न प्रतिवद्धता जाहेर गर्नु पर्ने बताए ।
नव नियुक्त कार्यकारी निर्देशक पौडेलले प्राधिकरणको महत्वलाई स्थापना गरी जनमानसमा विश्वास जगाउने काम गर्नुपर्ने बताए । उनले प्राधिकरणको उद्देश्य पुरा गर्नका लागि कर्मचारीहरुलाई ईमान्दार, लगनशिल र अनुशासित भएर काम गर्नमा प्रोत्साहित गर्ने बताए । त्यसैगरी निर्देशक ढकालले प्राधिकरणको सुदृढिकरण र उद्देश्य अनुरुप काम गर्नका लागि तत्पर रहेको बताए ।
Leave a comment