काठमाडौं । दोलखाको मैनापोखरीमा मुख्य कार्यालय रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्था बागमती प्रदेशको उत्कृष्ट सहकारी संस्था घोषणा भएको छ । संस्थालाई बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)को छैटौं स्थापना दिवसको अवसरमा प्रदेशभरिको उत्कृट बचत तथा ऋण सहकारी संस्था घोषणा गरेको हो ।
प्रोस्कूनले गत मंगलबार पाँचौ बार्षिकोत्सव तथा छैटौं स्थापना दिवसको अवसर पारेर १४ वटा विधामा विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान एंव पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो । जसमध्ये जनमूखि साकोसलाई प्रदेशको उत्कृष्ट साकोसको रुपमा सम्मानित गर्ने घोषणा गरेको हो । प्रोस्कूनले घोषणा गरेको उक्त सम्मान संघको मंसिरमा हुने साधारण सभामा प्रदान गरिने जनाएको छ ।
संस्थाले सदस्यहरुलाई वित्तिय सेवकाका साथै विभिन्न उद्यमशीलता विकास तालिम प्रदान गर्दैआएको छ, हालै मात्र संस्थाले दुईदिने हाते ट्रयाक्टर सम्पन्न गरिसहेको छ । कार्यक्रममा २९ जना कृषक सदस्यहरुको सहभागीता रहेको थियो भने सहभागीहरुलाई हाते ट्रयाक्टरको सुरक्षित र दक्षतापूर्वक सञ्चालन गर्ने तरिका, नियमित मर्मत सम्भार, समस्या पहिचान र सुधारका उपायहरुको व्यवहारिक ज्ञान प्रदान गरिएको थियो । त्यसैगरी संस्थाले सदस्यलाई वित्तीय साक्षरता तथा विस्तारित मञ्च कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाले २ हजार सदस्यलाई वित्तीय शिक्षा दिने कार्यक्रम सम्पन्न गरिसकेको छ । संस्थाको कार्यक्षेत्रभित्र २०८१ फागुन २३ देखि चैत्र ३० गतेसम्म २९ स्थानमा ३ हजार ४० जनालायई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो ।
कार्यक्रममा सदस्यहरुलाई संस्थाद्वारा सञ्चालित बचत ऋण सेकाका साथै रेमिटान्स; मोबाईल बैंकिङ; सदस्य सुरक्षा, आर्थिक, सामाजिक, शैक्षिक तथा स्वास्थ्य सम्बन्धी क्रियाकलापहरुका बारेमा जानकारी प्रदान गरिउको थियो ।
त्यसैगरी संस्थाले सदस्यहरुलाई प्रदान गरिरहेका सेवा सुविधाहरु सहित संस्थाको वर्तमान अवस्थाको बारेमा संक्षिप्त जानकारी सहित खर्च व्यवस्थापन, बचत योजना, पारिवारिक बजेट निर्माण, ऋणको उचित प्रयोग र समयमै तिर्ने उपाय, डिजिटल वित्तीय सेवा लगायतका विषयमा जानकारी गराईएको संस्थाका अध्यक्ष माधवप्रसाद दाहालले जानकारी दिए ।
संस्थाले जेष्ठ सदस्य जीवनबृत्ति भत्ता, असक्तता जीवनबृत्ति भत्ता, शिशु स्याहार, रक्तदान, दीर्घ रोग उपचार सहायता, तीर्थ भ्रमण, सदस्य सुरक्षा, वातावरण संरक्षण लगायतका सदस्यमुखी कार्यक्रमहरु संचालन गरिरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत भेष मिजारले जानकारी दिए ।
Leave a comment