हाइलाइट

लक्ष्मी महिला साकोस बागमती प्रदेशकै उत्कृष्ट महिला सहकारी

लक्ष्मी महिला साकोस बागमती प्रदेशकै उत्कृष्ट महिला सहकारी :: Sahakari Akhabar

काठमाडौं । काभ्रेको पनौती ५ चौकोटमा रहेको लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था  बागमती प्रदेशकै उत्कृष्ट महिला सहकारी घोषणा भएको छ । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) ले छैटौं स्थापना दिवसको अवसरमा संस्थालाई प्रदेशभरको उत्कृट महिला सहकारी संस्था रुपमा सम्मानित गर्ने घोषणा गरेको हो ।

प्रोस्कूनले गत मंगलबार १४ वटा विधामा व्यक्ति तथा संस्थालाई सम्मान एंव पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो । जसमध्ये लक्ष्मी महिला साकोस  महिलातर्फको उत्कृष्ट संस्थाको रुपमा सम्मानित हुने भएको हो ।

प्रोस्कूनले घोषणा गरेको उक्त सम्मान मंसिरमा हुने साधारण सभामा प्रदान गरिने जनाएको छ । संस्थामा ३ हजार ४ सय भन्दा बढी महिला सदस्य आवद्ध रहेका छन् भने ३ करोड १४ लाख शेयर पुँजी,१ करोड ५४ लाख जगेड कोष र १ करोड ६१ लाख संस्थागत पुँजी रहेको छ ।

संस्थाले २६ करोड ८६ लाख माथि बचत संकलन गरी २१ करोडको हारहारीमा ऋण लगानी गरेको छ । संस्थाको कुल सम्पत्ति ३३ करोड नजिक पुगेको छ । महिला सदस्यहरुको आर्थिक तथा सामाजिक उत्थानमा सक्रिय उक्त संस्था यस अघि पनि विभिन्न संघ संस्थाबाट सम्मानित भइसकेको छ । संस्था समुदायमा केन्द्रीत भई सहकारी मुल्य, मान्यता र सिद्धान्तमा रहेर सञ्चालन हुँदै आएको छ ।



Leave a comment