काठमाडौं । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीको नियमन सम्बन्धी एक दिवसिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश सहकारी संघ र ललितपुर जिल्ला सहकारी संघको आयोजनामा एक दिवसिय बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीको नियमन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा.खगराज शर्माको प्रमुख आतिथ्यता र संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको अध्यक्षतामा साउन ९ गते संघको कार्यालय महालक्ष्मीस्थानमा सम्पन्न भएको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष शर्मालाई बधाई तथा शुभकामना व्यक्त गर्दै जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष गोर्खालीले ललितपुरको सहकारी अभियानको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा जिल्ला सहकारी संघ ललितपुरका सचिव अनिलबीर बज्राचार्यले कार्यक्रमको सहजीकरण र गरेका थिए । कार्यक्रममा संघका लेखा सुपरीवेक्षण समितिका संयोजक विकल्प पाठक, वरिष्ठ उपाध्यक्ष जगतलाल महर्जन, महासचिव नेत्रराज पौडेल, सचिव देवराज न्यौपाने र व्यवस्थापक रुपक घिमिरेको उपस्थिति रहेको थियो ।
त्यसैगरी जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष केदार गोर्खाली, बहुउद्देश्यीय सहकारी संघ ललितपुरका अध्यक्ष शरदकुमार महर्जन, दुग्ध उत्पादक सहकारी संघ ललितपुरका अध्यक्ष कृष्णप्रसाद सापकोटा, कृषि सहकारी संघ ललितपुरका अध्यक्ष चित्रराज तिमल्सिना, कफी सहकारी संघ ललितपुरका अध्यक्ष विनोद घिमिरे, ललितपुर जिल्ला पर्यटन सहकारी संघ ललितपुरका अध्यक्ष प्रकाश तिमल्सिना र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव श्याम महर्जन लगायत ४० जनाको उपस्थिति रहेको थियो ।
Leave a comment