काठमाडौं । दोलखाको बैतेश्वर ५ काब्रेमा मुख्य कार्यालय रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको कूल सम्पति साढे २ अर्व नाघेको छ । संस्थाको पछिल्लो वित्तिय विवरण अनुसार संस्थाको कूल सम्पति २ अर्व ५३ करोड ३७ लाख १७ हजार ५१२ रुपैंयाँ पुगेको हो ।
संस्थाले प्रकाशन गरेको असार मसान्तको विवरण अनुसार संस्थाको जगेडा कोषमा १८ करोड ६३ लाख ९ हजार ८७१ रुपैंयाँ पुगेको छ । त्यसैगरी संस्थाको अन्य कोषमा ११ करोड ७६ लाख २ हजार ७०३ रुपैंयाँ रहेको छ। त्यसैगरी २७ हजार ५ सय ८५ जना सदस्य, १५ करोड ६२ लाख ४३ हजार शेयर पूँजी रहेको संस्थासँग १८ करोड ८७ लाख ३३ हजार संस्थागत पूँजी छ ।
संस्थाले १ अर्ब ८० करोड ८ लाख ९६ हजार बचत तथा १ अर्ब ६३ करोड ६८ लाख २८ हजार ऋण लगानी गरेको छ । ३ हजार ११८ जना ऋणी सदस्य रहेको संस्थाका चरिकोट, जिरी, काठमाडौंलगायत १६ वटा सेवाकेन्द्र रहेका छन् ।
Leave a comment